मोरङमा ६५ प्रतिशतको हाराहारी मत खस्यो

<span class='c1'>मोरङमा ६५ प्रतिशतको</span> <span class='c2'>हाराहारी मत खस्यो</span>

विराटनगर । मोरङमा बेलुका ५ बजेसम्म ६५ प्रतिशतको हाराहारीमा मत खसेको छ । निर्वाचन आयोगको पूर्वनिर्धारित समयसम्म मोरङका धेरै स्थानमा मतदान जारी छ ।

प्रदेश १ निर्वाचन कार्यालय विराटनगरका प्रमुख लेवन काश्यप अधिकारीले दिएको जानकारी अनुसार जिल्लाभर अहिले पनि मतदान जारी छ । कुनै पनि मतदानस्थलमा अहिलेसम्म अवरुद्ध छैन । ५ बजेसम्म लाइनमा बसेकाहरुले मत हालिसक्ने अझै केहिबेर लाग्नेछ ।

मोरङमा ६ प्रतिनिधिसभा र १२ प्रदेशसभाका लागि ३०६ मतदान केन्द्रमा ८३९ मतदान स्थल छन् । जसमा १०८ प्रतिनिधिसभाका उम्मेद्वार छन् भने प्रदेशसभामा ११० जना उम्मेद्वार छन् । मोरङमा ७ लाख ३५ हजार ५२५ जना मतदाता रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्