प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा करिब ६१ प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ ।
आइतबार सम्पन्न निर्वाचनमा आयोगले अपेक्षा गरेभन्दा केही कम मत खसेको हो ।
प्रमुख निर्वाचन आयुक्त दिनेश थपिलयाले पत्रकार सम्मेलन गर्दै भने,'यो मत हामीले अपेक्षा गरेभन्दा केही थोरै हो, केही सामान्य घटना बाहेक शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ ।'