मोरङमा सबैभन्दा बढी मत क्षेत्र -५ र कम मत क्षेत्र-१ मा खस्यो

मोरङमा सबैभन्दा बढी मत क्षेत्र -५ र कम मत क्षेत्र-१ मा खस्यो

विराटनगर । मङ्सिर ४ गते आइतबार भएको निर्वाचनमा मोरङमा सबैभन्दा बढी मत क्षेत्र-५ र सबैभन्दा कम मत क्षेत्र नम्बर १ मा खसेको छ ।

७ लाख ३५ हजार ५ सय २५ मतदाता रहेको मोरङमा ४ लाख ८७ हजार ४७ मत खसेको अर्थात ६६.२२ प्रतिशत मत खसेको प्रदेश निर्वाचन कार्यालय विराटनगरले जनाएको छ ।

निर्वाचन कार्यालयका अनुसार मोरङ क्षेत्र - १ मा ६१.५२ प्रतिशत मत खसेको छ । सो निर्वाचन क्षेत्रमा १ लाख २३ हजार ६ सय १५ मतदाता रहेको मध्ये ७६ हजार ५४ मत खसेको थियो । यस्तै क्षेत्र - २ मा ६४.२३ प्रतिशत मत खसेको छ । उक्त निर्वाचन क्षेत्रमा १ लाख २४ हजार ७२९ मतदाता मध्ये ८० हजार १ सय २७ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ । यसैगरी क्षेत्र- ३ मा ६५.८ प्रतिशत मत खसेको छ । यो निर्वाचन क्षेत्रमा १ लाख ४९ हजार ८३३ मतदाता रहेकोमा ९७ हजार ५ सय १ मत खसेको छ । क्षेत्र - ४ मा ६७.७२ प्रतिशत मत खसेको छ । ४ नम्बर क्षेत्रमा १ लाख १० हजार ९३ मतदातामा रहेको क्षेत्रमा ७४ हजार ५५७ मत खसेको छ । क्षेत्र -४ (क ) मा ४१ हजार ६९२, क्षेत्र - ४(ख ) मा ३२ हजार ८६५ मत खसेको छ ।

यस्तै क्षेत्र - ५ मा ७२.६१ प्रतिशत मत खसेको छ । सो निर्वाचन क्षेत्रमा १ लाख ४९४ मतदातामा ७२ हजार ९ सय ७३ मत खसेको छ । क्षेत्र - ६ मा ६७.७१ प्रतिशत मत खसेको छ । उक्त निर्वाचन क्षेत्रमा ८५ हजार ८२७ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ ।
स्थानीय निर्वाचनभन्दा यो पटक मोरङ दुई प्रतिशत मत कम खसेको छ । गत वैशाखमा सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा मोरङमा करिब ६८ प्रतिशत मतदान भएको थियो ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय मोरङ विराटनगरका सूचना अधिकारी हेमबहादुर बुढाथोकीका अनुसार मोरङको मतगणना सोमबार दिउसो १ बजेबाट गणना सुरू हुने जानकारी दिए । मोरङको ४, ५ र ६ नम्बर क्षेत्रको मतगणना विराटनगरस्थित आदर्श स्कुलमा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्