मुस्ताङ्गमा काँग्रेसका योगेश गौचन विजयी

<span class='c1'>मुस्ताङ्गमा काँग्रेसका योगेश</span> <span class='c2'>गौचन विजयी</span>

विराटनगर । मुस्ताङमा कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् । कांग्रेसका उम्मेदवार योगेश गौचन थकाली र एमालेका उम्मेदवार प्रेमप्रसाद तुलाचनलाई हराएँदै निर्वाचित भएका हुन् ।

सोमबार सकिएको मतगणनामा कांग्रेसका २९ वर्षीय योगेश गौचन थकालीले एमालेका निवर्तमान सांसद ६० वर्षीय प्रेमप्रसाद तुलाचनलाई पराजित छन् ।

प्रतिनिधिसभामा निर्वाचित गौचनले ३ हजार ९९२ मत प्राप्त गरेका छन् भने एमालेका तुलाचनले ३ हजार ७८ मत प्राप्त गरेका हुन् । यो निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका सुदेश गुरुङले ८७ मत ल्याएका थिए ।

मुस्ताङको कूल जनसंख्या ११ हजार ५९३ रहेको छ । यस जिल्लामा कूल मतदाता १० हजार ९५७ रहेका छन् । मंसिर ४ गते आइतबार भएको निर्वाचनमा मुस्ताङमा ७ हजार २३० मत खसेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्