मोरङ क्षेत्र नम्बर ६ को मतगणना सुरु

<span class='c1'>मोरङ क्षेत्र नम्बर ६</span> <span class='c2'>को मतगणना सुरु</span>

विराटनगर। मोरङको निर्वाचन क्षेत्र नम्बर ६ को मतगणना सुरु भएको छ ।

आइतबार सम्पन्न भएको प्रतिनिधि र प्रदेशसभा निर्वाचनको मतगणना विराटनगरको आदर्श माध्यमिक विद्यालयमा तीन क्षेत्रको मतगणना सुरु भएको हो । सोमबार बिहान बसेको सर्वदलीय–सर्वपक्षीय बैठकले बिहान १ बजेदेखि मतगणना सुरु गर्ने निर्णय गरे पनि ३० मिनेट पछी मात्रै मतगणना सुरु भएको प्रदेश निर्वाचन कार्यालयका प्रमुख लेकनकास्यप अधिकारीले जानकारी दिनुभयो ।

तीमध्ये हाल मोरङ क्षेत्र-६(क) वाट मतगणना सुरु भएको प्रदेश निर्वाचन कार्यालयका प्रमुख अधिकारीले जानकारी दिनुभयो ।

प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्ष तथा समानुपातिकको मतगणना एकसाथ अगाडि बढाइनेछ। मतगणनास्थलमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहेको छ। नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका सुरक्षाकर्मीले मतगणनास्थलमा सुरक्षा प्रदान गरिरहेका छन्।

मतगणनालाई सुरक्षित बनाउन तारजालिकाे प्रयोग गरिएको छ । गणनास्थलमा उम्मेदवार र राजनीतिक दलको एकरएक जना प्रतिनिधिलाई सहभागी गराइएको छ।

सुरुमा सुन्दरहरैचा ६ को ज्योति मा.वि मतदानस्थलको चार बाकस खोलिने भएको छ । वडा अनुसार मतगणना गरिने भएको छ ।

मोरङ क्षेत्र -६ मा ६७.७१ प्रतिशत मत खसेको छ । उक्त निर्वाचन क्षेत्रमा ८५ हजार ८२७ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ ।

मोरङ क्षेत्र नम्बर ६ मा नेपाली कांग्रेसबाट डाक्टर शेखर कोइराला र नेकपा एमालेका लालबाबु पण्डित चुनावी प्रतिस्पर्धामा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्