मोरङमा काँग्रेस–एमाले बराबरी, दुईमध्ये माओवादी एक क्षेत्रमा पछाडी

मोरङमा काँग्रेस–एमाले बराबरी, दुईमध्ये माओवादी एक क्षेत्रमा पछाडी

विराटनगर । मोरङमा नेपाली काँग्रेस र नेकपा एमाले समान दुईदुई निर्वाचन क्षेत्रमा अगाडी छन् । यस्तै माओवादी केन्द्र १ र स्वतन्त्र एक निर्वाचन क्षेत्रमा अगाडी रहेका छन् । जिल्लाका ६ वटै निर्वाचन क्षेत्रमा अहिले मतगणना जारी छ ।

सत्ता गठबन्धनबाट नेपाली कांग्रेसले पनि दुईवटा निर्वाचन क्षेत्रमा अन्तर बढाउँदै लगेको छ । दुवै क्षेत्रमा एमाले प्रतिस्पर्धी छ । क्षेत्र नम्बर ४ मा माओवादी केन्द्र अगाडि छ । गठबन्धनबाट मोरङमा दुईवटा सिट पाएको माओवादी केन्द्रका उम्मेदवार क्षेत्र नम्बर ५ मा अहिले मतान्तर बढाउँदै लगेका छन् । यद्यपी तेस्रो स्थानमा छन् । क्षेत्र नं. ५ मा एमाले–जसपा तालमेलका विरुद्ध बागी उम्मेदवारी दिएका स्वतन्त्र उम्मेदवार योगेन्द्र मण्डलले अग्रता बढाउँदै लगेका छन् ।

मोरङ १ र २ मा नेकपा एमालेका घनश्याम खतिवडा र ऋषिकेश पोखरेल अगाडि छन् । १ मा खतिवडालाई कांग्रेसका डिकबहादुर लिम्बुले पछ्याइरहेका छन् । क्षेत्र नं. २ मा एमालेका पोखरेललाई कांग्रेसकी सुजता कोइरालाले पछ्याइरहेकी छन् ।
क्षेत्र नं. ३ मा कांग्रेसका सुनिल शर्माले नेकपा एमालेका भानुभक्त ढकाललाई उछिनेर अघि बढेका छन् । क्षेत्र नं. ४ मा माओवादी केन्द्रका अमनलाल मोदीले नेकपा एमालेका विनोद ढकालसँगको अन्तर फराकिलो पार्दै लगेका छन् ।

क्षेत्र नं. ५ मा एमालेका बागी उम्मेदवार मण्डलसँग एमाले–जसपाका उम्मेदवार राजकुमार यादव पछि पर्दै गएका छन् । मोरङ ६ मा नेपाली कांग्रेसका डा।शेखर कोइराला अगाडि छन् । उनलाई नेकपा एमालेका लालबाबु पण्डीतले पछ्याइरहेका छन् ।
यस्तो मतगणनाको विवरण
मोरङ–१
घनश्याम खतिवडा (एमाले)– २२४९
डिकबहादुर लिम्बु (कांग्रेस)– १६०३

मोरङ–२
ऋषिकेश पोखरेल (एमाले)– २७००
सुजता कोइराला (कांग्रेस)– २३२८

मोरङ–३
सुनिल शर्मा (कांग्रेस)– १८८७
भानुभक्त ढकाल (एमाले)– ८७८

मोरङ–४
अमनलाल मोदी (माओवादी केन्द्र)– ५७९२
विनोद ढकाल (एमाले)– ४१४९

मोरङ–५
योगेन्द्र मण्डल (स्वतन्त्र)– ३६९३
राजकुमार यादव (जसपा)– ३२९४

मोरङ–६
डा।शेखर कोइराला (कांग्रेस)– १७७७
लालबाबु पण्डीत (एमाले)– १६३२

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्