मोरङमा कुन क्षेत्रमा कसको अग्रता

मोरङमा कुन क्षेत्रमा कसको अग्रता

विराटनगर । प्रतिनिधिसभा निर्वाचनमा मोरङका ६ वटा क्षेत्रमध्ये नेपाली काँग्रेसले दुई क्षेत्रमा अग्रता लिईरहेको छ । यसैगरी नेकपा एमाले पनि दुई क्षेत्रमा अगाडी देखिएको छ । माओवादी केन्द्रले पाएका दुई क्षेत्रमध्ये एक क्षेत्रमा अगाडी छ भने अर्कोमा प्रतिस्प्रर्धीको रुपमा देखिएको छ । हालसम्म नेकपा एमालेले मोरङको क्षेत्र नम्बर १ र २ , नेपाली काँग्रेसले ३ र ६ र माओवादीले ४ नम्बर क्षेत्रमा अग्रता बनाई रहेका छन् । स्वतन्त्रले मोरङको क्षेत्र नम्बर ५ मा अग्रता लिईरहेको छ ।
मोरङ क्षेत्र नम्बर १ मा
घनश्याम खतिवडा (एमाले)–२७४१ सहित अग्रस्थानमा छन् । उनले निकटम प्रतिद्वन्दी काँग्रेसका डिकबहादुर लिम्बूसँग ७०९ मतले अग्रता बनाईरहेका छन् । लिम्बूको २०३२ मत छ ।
यस्तै मोरङ क्षेत्रनम्बर २ मा
एमालेका ऋषिकेश पोखरेल२७०० सहित अगाडी छन् । उनले काँग्रेसका नेता सुजता कोइराला भन्दा ३७२ मतले अग्रता लिईरहेका छन् । कोइरालाको २३२८ मतछ ।
मोरङ क्षेत्र नम्बर –३ मा
यसैगरी मोरङ क्षेत्र नम्बर ३ मा नेपाली काँग्रेसका सुनिल शर्मा ३१३२ मतसहित अगाडी छन् । उनी एमालेका भानुभक्त ढकालसँग १५५९ मत अगाडी छन् । ढकालको १५७३ मतछ ।
मोरङ क्षेत्र नम्बर –४ मा
माओवादी केन्द्रका अमनलाल मोदी ५७९२ सहित अगाडी छन् । उनले एमालेका बिनोद ढकाललाई १६४३ मतान्तरले पछाडी पारिरहेका छन् । ढकालले ४१४९ मत प्राप्त गरेका छन् ।
मोरङ क्षेत्र नम्बर – ५ मा

यसैगरी मोरङ क्षेत्र नम्बर ५ मा स्वतन्त्र उमेदवार अगाडी छन् । स्वतन्त्र उमेदवार योगेन्द्रप्रसाद मण्डल ६०२२ सहित अग्रस्थानमा रहेका हुन् । उनले माओवादी केन्द्रका शिवकुमार मण्डललाई १८३२ मतले पछि पारेका छन् । मण्डलको ४१९० मत रहेको छ । यहि क्षेत्रमा जसपाका राजकुमार यादव ३८५५ मतसहित तेस्रो स्थानमा देखिएका छन् ।
मोरङ क्षेत्र नम्बर –  ६ मा
क्षेत्र नम्बर क्षेत्र नम्बर ६ मा काँग्रेसका नेता डाक्टर शेखर कोइराला एमाले नेता लालबाबु पण्डित भन्दा ४०५ मतले अगाडी छन् । कोइरालाले २७८५ मत प्राप्त गर्दा पण्डित २३८० मतले पछ्याईरहेका छन् । मोरङमा ६ प्रतिनिधिसभातर्फ गणना जारी छ । यसैगरी जिल्लाका १२ प्रदेशसभा निर्वाचन क्षेत्रमध्ये ६ वटाको मत गणना भईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्