विराटनगरमा भक्का खाँदै निर्वाचन नतिजा पर्खदैं

विराटनगरमा भक्का खाँदै निर्वाचन नतिजा पर्खदैं

विराटनगर । सधैं जस्तो हुँदो हो त आदर्श विद्यालयसँगै जोडिएको सहिद रंगशाला वरिपरि खेल हेर्नेको भीड हुन्थ्यो । तर, अहिले सँधैको माहोल भन्दा फरक छ । त्यो भीड थियो आइतबार सम्पन्न प्रतिनिधि र प्रदेश सभा निर्वाचनको नतिजाको पर्खाइमा बस्नेहरुको । त्यही भीडमा मोला ऋषिदेवलाई भने भक्का व्यापारको चटारो थियो ।

सँधै जाडो लागेसँगै उनी शान्ति चौकमा भक्का व्यापार गर्ने रहेछिन । तर, आज मतगणना हुँदैछ भन्ने थाहा पाए सँगै उनी सो स्थानमा व्यापारका लागि आएको सुनाइन् । अन्य समय भन्दा आज अलिक चाँडै व्यापार भएको बताउदै उनले भनिन्,ू अरुबेला भक्का बेच्न समय लाग्थ्यो तर आज चाँडै बिक्री भयो ।ू

यता कलावती सहलाई पनि व्यापार गर्न भ्याइनभ्याई थियो । उनी पनि अन्य समय बिहान र साँझ चोकमा भक्काको ब्यापार गर्ने बस्ने गरे पनि आज मतगणनस्थलमा मान्छे जम्मा हुने थाहा पाएकाले ब्यापारका लागि आएको बताइन ।त्यसो त निर्वाचनको नतिजा सुन्न आउनेहरुका लागि मालु र कलावतीको भक्काको व्यापार भोक मेटाउने माध्यम पनि बनेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्