विराटनगर । मोरङ क्षेत्र नं ६ मा नेपाली काँग्रेसका नेता डा.शेखर कोइरालाले अग्रता बढाउँदै लगेका छन् । प्रतिस्पर्धी लालबाबु पण्डितसँग मनान्तर ७७६ ले फराकिलो पारेका हुन् । यस अगाडी मतान्तरण अपेक्षा गरे अनुसारको थिएन ।
पछिल्लो प्राप्त मतपरिणाम अनुसार ९ हजार ८३ मत गणना हुँदा कोइरालाले ३ हजार ५४४, एमालेका पण्डितले २ हजार ७६८ मत प्राप्त गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका उमेदवारले एक हजार ९४ र राप्रपाका उमेदवारले ७८६ मत पाएका छन् ।