मोरङमा प्रतिनिधिसभातर्फका ६ क्षेत्रमा को, कति मतले अगाडी

मोरङमा प्रतिनिधिसभातर्फका ६ क्षेत्रमा को, कति मतले अगाडी

विराटनगर । मोरङका प्रतिनिधि सभातर्फका ६ निर्वाचन क्षेत्र मध्ये पछिल्लो मतपरिणाम अनुसार मिश्रित परिणाम आउने देखिएको छ ।
मोरङको क्षेत्र नम्बर १ मा एमालेका एमालेका घनश्याम खतिवडा ७ हजार २९ मतले अगाडी छन् । उनका निकटम प्रतिद्वन्द्वी काँग्रेसका डिग बहादुर लिम्बु ६ हजार ४५८ सहित पछ्याईरहेका छन् । अहिलेसम्म खतिवडा र लिम्बूबचिको मतअन्तर ५७१ रहेको छ ।

यस्तै मोरङ २ मा एमालेका ऋषिकेश पोखरेल ९ हजार ९६८ र काँग्रेस सुजता कोइराला ८ हजार ९०७ मत ल्याएका छन् । काँग्रेसका कोइराला भन्दा एमाले पोखरेल १ हजार ६१ मतले अगाडी रहेका छन् ।
यसैगरी मोरङ ३ मा काँग्रेसका सुनिल कुमार शर्मा १० हजार ७९५ मतसहित अग्रस्थानमा छन् । एमालेका भानुभत्त ढकाल ६ हजार ४८८ मतमा सिमित रहेका छन् । राप्रपा रेखा थापादे २ हजार ३५६ मत ल्याएकी छिन् । शर्मा र ढकालबीचको मत अन्तेर ४ हजार ३०७ रहेको छ ।

मोरङ क्षेत्र नम्बर ४ मा माओवादीका अमन लाल मोदी १७ हजार २१३ सहित अग्रस्थानमा छन् । एमालेका विनोद प्रसाद ढकाल ९ हजार ३४८ मतसहित पछ्याईरहेका छन् । उनीहरु दुईबीचको मतान्तर ८ हजार बढीको रहेको छ ।

यसैगरी मोरङ ५ मा एमालेका बागी उम्मेदवार योगेन्द्र मण्डल १२ हजार ३५ मतसहित अग्रस्थानमा छन् । माओवादीका माओवादी शिवकुमार मण्डल ९ हजार ११९ मतले पछ्याई रुहेका छन् । यस क्षेत्रमा जसपाका राजकुमार यादवले ८ हजार ४७० ल्याएका छन् ।
योगेन्द्र र शिवकुमार बीचको मत अन्तर २ हजार ९१६ रहेको छ ।
मोरङको क्षेत्र नम्बर ६ मा काँग्रेस डा. शेखर कोइराला ११ हजार १०९ मतसहित अगाडी रहेका छन् । उनलाई एमालेका लालबाबु पण्डितले ८ हजार ९५० मतले पछ्याईरहेका छन् । दुईबीचको मतअन्तर २ हजार १५९ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्