विराटनगरको इस्टर्न कलेज र भारतको पानीपत इन्स्टिच्यूटबीच सम्झौता

<span class='c1'>विराटनगरको इस्टर्न कलेज र</span> <span class='c2'>भारतको पानीपत इन्स्टिच्यूटबीच सम्झौता</span>

विराटनगर । विराटनगरका इस्टर्न कलेज अफ इन्जिनियरिङ र भारतको पानीपत इन्स्टिच्यूट अफ इन्जिनियरिङ एण्ड टेक्नोलोजीबीच इन्जिनियरिङका विभिन्न कार्यक्रममा अन्तर कलेज सहकार्य गर्ने सहमति भएको छ ।

इस्टर्नका प्राचार्य ई. अमित सुराना र पानीपतका डाइरेक्टर डा.शक्ति कुमारबीच दुई कलेजले गर्ने सहकार्य बारे सम्झौता भएको हो ।

पूर्वाञ्चल विश्वविद्यालयको सम्बन्धनमा नेपाल इन्जिनियरिङ परिषद्सँग स्वीकृत लिएर विराटनगरमा दुई दशकदेखि सञ्चालित कलेजले अब भारतमा रहेको अर्को इन्जिनियरिङ कलेजसँग सहकार्य गर्ने भएको छ । हालसम्म बी.ई.सिभिल, बि.ई.कम्प्यूटर र बी.ई.इलेक्ट्रोनिक्स कम्यूनिकेसन एण्ड अटोमेसन इन्जिनियरिङतर्फका कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

भारतको पानीपतसँग इन्जिनियरिङका कार्यक्रम तथा विद्यार्थीबीच सहकार्य कार्यक्रम, अनुसन्धान र विकासका कार्यमा सहकार्य, तालिम र अवसर, प्रविधि ट्रान्सफर, दुई देशिय कार्यशाला, परियोजनागत कार्यमा सहभागिता र दुईदेशका कलेजबीच दोहोरो छलफल र भेटघाटलाई बढाउने सहमति भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्