विराटनगर महानगरको प्रवक्तामा न्यौपाने

<span class='c1'>विराटनगर महानगरको</span> <span class='c2'>प्रवक्तामा न्यौपाने</span>

विराटनगर । विराटनगर महानगर नगर कार्यपालिकाको प्रवक्तामा कार्यपालिका सदस्य सन्तोष न्यौपाने तोकिएका छन् ।

विराटनगर वडा नम्बर ५ का वडाध्यक्षसमेत रहेका न्यौपानेलाई कात्तिक २९ गते बसेको कार्यपालिका बैठकको निर्णयअनुसार मेयर नागेश कोइरालाले प्रवक्तामा मनोनित गरेका हुन् ।

कार्यपालिकाले सम्पादन गरेका कार्य तथा निर्णयहरू सार्वजनिक जानकारीमा ल्याउने प्रयोजनार्थ नगर कार्यपालिका कार्यसम्पादन नियमावली–२०७५ को नियम १७ मा भएको व्यवस्थाबमोजिम प्रवक्ता तोक्ने अधिकार मेयरलाई दिइएको छ ।

सोही व्यवस्थाअनुसार मेयर कोइरालाले वडाध्यक्ष न्यौपानेलाई महानगरको प्रवक्ता तोकेका हुन् ।

प्रवक्ताको जिम्मेवारी इमान्दारिता र कुशलतापूर्वक पूरा गर्ने न्यौपानेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्