विराटनगरमा पानी उद्योग स्थापना गर्न ठेक्का दिएर इटहरीका खनाल सम्पर्कविहीन

विराटनगरमा पानी उद्योग स्थापना गर्न ठेक्का दिएर इटहरीका खनाल सम्पर्कविहीन

विराटनगर । विराटनगर–३ मा पानी उद्योग खोल्ने भन्दै संरचना निर्मााणको ठेक्का दिएर सञ्चालक फरार भएपछि एकजना ग्रिल व्यवसायीले मारमा परेको गुनासो गरेका छन् । सुनसरी इटहरी–१० का राजेश खनालले राजबंशीचौक पूर्व राधा किसन फुड वेभरेज प्रालिको नाममा ट्रष्टको बिल्डिङ बनाउन ठेक्का दिएका थिए । ६० फिट चौडाई र ९५ फिट लम्बाई कैंचीसहितको ट्रष्ट संरचना निर्माणका लागि २१ लाख रुपिँया ठेक्का सम्झौता गरिएको थियो ।

विराटनगर–६ को निरा ग्रिल पसलका सञ्चालक अनिलकुमार कामतका अनुसार सामानसहित संरचना निर्माणमा ठेक्का दिएपछि उद्योगका सञ्चालक भने फरार भएका हुन् । सुरुको सहमति अनुसार सामान झारेपछि दशलाख रुपैया भुक्तानी दिने भनिएको थियो । तर, स्क्वायर पाइप (ट्रष्ट) काटेर आवश्यक पर्ने सामान बनाई उद्योग स्थापना गर्ने भनिएको स्थानमा गत चैतमा झारिएको थियो । त्यसपछि सञ्चालकले बैंकले लोन नदिएको भन्दै २१ लाखमध्ये २ लाख दिएका थिए । बाँकी रकम गत भदौ मसान्तसम्ममा दिने सहमति गरेका थिए ।

यसमा विराटनगर–३ का अनुज खनालले पेटी ठेक्काको रुपमा काम लिएका थिए । अनुजले सहमति अनुसार ठेक्का दिएपछि पैसा अभाव भएको भन्दै राजेश सम्पर्कविहीन भएको बताएका छन् । उनले काम लगाएर रकम दिन नमानेपछि प्रहरी, श्रम कार्यालयसम्म गुनासो लिएर पुगिएको बताए ।

आफ्नो सामान र ज्यालाको पैसा भुक्तानी नभएपछि निरा ग्रिलका सञ्चालक कामतले प्रहरी र श्रम कार्यालयसँग हारगुहार मागेका छन् । तर, पहुँचवालाको आफन्त भएका कारण खनाललाई श्रम कार्यालय कुनै स्पष्टीकरण समेत सोध्न चाहेको छैन । राजेश खनाल भन्ने व्यक्ति काँग्रेसका नेता लोकेन्द्र तिम्सिनाका ज्वाँई भएको खुलेको छ । तिम्सिनाले विराटनगरका पूर्व मेयर भीय पराजुलीको स्वकिय सचिव भएर बसेका थिए । तिम्सिनाकै जग्गामा राजेशले पानी उद्योग स्थापना गर्न लागेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्