गुरुराजलाई पछि पार्ने जयप्रकाश चौधरी

गुरुराजलाई पछि पार्ने जयप्रकाश चौधरी

विराटनगर । १५ वर्ष राष्ट्रिय तथा अन्र्तराष्ट्रिय गैरसरकारी संस्थाहरुमा आबद्ध रहेका मोरङ ग्रामथानका ४६ वर्षीय जयप्रकाश चौधरी (जेपी) को जागिर रहर भन्दा पनि बाध्यता थियो । उनको घरको आर्थिक अवस्था कामजोर रहेकाले नै रोजगार गर्दै अध्ययनलाई अगाडी बढाएका थिए ।

महिला अधिकार, बालअधिकार, सशक्तिकरण, आवास अधिकार लगायतको सवालमा संस्थाहरुमा रहेर भूमीका निर्वाह गर्दै आएका उनले हरेक क्षेत्रमा महिलाको सहभागीता, जिम्मेवार पदमा महिला, सशक्तीकरण, भूमीहिनलाई आवासको अधिकार, बाल अधिकार र उनीहरुको सर्वाङ्गीण विकासका सवाल उठाउँदा उठाउँदै उनले एक दशक विताए । उनले गरेका कामको परिणाम सानो क्षेत्रमा मात्रै देखियो । यसले सवै क्षेत्रमा ब्यापकता पाउन सकेन । समाजिक सेवामै आफुलाई समर्पित गरेका चौधरीलाई नीति निर्माण तहमा पुग्न सके यसले व्यापकता पाउने थियो भन्ने जहिल्यै लागिरहनथ्यो । तर, त्यस स्थान सम्म पुग्नका लागि उनले मात्रै चाहेर संभव थिएन ।

मंसिर ४ गतेको प्रदेश र प्रतिनिधिसभा निर्वाचनको मिति घोषणासँगै उनले आफ्नो सर्कलमा आफुपनि आकांक्षी रहेको सुनाए । कतिपय नेताहरुलाई पनि आफु पनि आकांक्षी रहेको बताए । उनको आकांक्षा अनुसार नेकपा एमाले क्षेत्रीय समन्वय कमिटीले उनी सहितका झण्डै दर्जन हाराहारीका नाम पार्टीमा पठायो । अन्तिममा जयप्रकाशले टिकट पाए ।
एमालेबाट मोरङ क्षेत्र नंं। ४ ९क० बाट उम्मेदवार बनेका चौधरी अहिले जनताको घरदैलोमा नमस्कार गर्दै पुगिरहेका छन् । हिजो जसका लागि आवाज उठाए आज तिनै व्यक्तिहरु उनका मतदाता छन् । तिनै मतदाताहरुलाई लक्षित गरेर आफ्ना एजेण्डाहरु उनले बनाएका छन् । कृषिलाई प्राथमिकता दिएर उनले आफ्ना चुनावी एजेण्डा बनाएका छन् । किसानका कुरा, मल, सिंचाई, भण्डारणको समस्या समाधान गर्नका लागि आफ्नो नीतिगत पहल हुने उनले बताए । दलित, बाँतरहरुको आर्थिक अवस्था सुधार, कृषिको समग्र विकास, कृषिमा आत्मनिर्भर बनाउने, कृषिको व्यावसायिकरण आफ्नो पहिलो प्राथमिकता रहेको चौधरीले बताए ।

निर्वाचन क्षेत्रमा रहेका बेरोजगार यूवाहरुलाई रोजगारी दिलाउनका लागि आफ्नो पहल रहने उनले बताए । कसरी यो कार्य संभव छ भन्ने प्रश्नमा उनी भन्छन्,‘ सुनसरी–मोरङ औद्योगिक करिडोर क्षेत्रमा हाम्रा यूवाहरुको सीप नभएकै कारण भारतबाट कामदार आउनुपर्ने अवस्था छ । यूवालाई सीप प्रदान गरेर योग्य बनाउने र उद्योगहरुमा रोजगारी दिलाउने ।’ यसका लागि उद्योगहरुमा कुरा भएको उनले बताए । सीपयुक्त व्यक्ति ल्याए भारतीय कामदारहरु उद्योगहरुले नराख्ने बताएको उनले सुनाए । यूवाहरुको सीप, दक्षता विकासका लागि नीतिगत निर्णय गरेर अघि बढ्ने चौधरीको भनाई छ ।

उद्योग कलकारखनासँगै आँफै व्यवसाय गर्न चाहनेहरुलाई वित्तिय संस्थाहरुमा जोड्ने काम आफुले गर्ने उनले बताए । महिलाहरुलाई आर्थिक रुपमा सशक्त बनाईने चौधरीको अर्को महत्वपूर्ण एजेण्डा छ । उनले भने,‘ मेरो गाउँ टोलका महिलाहरु अहिले पनि श्रीमानको कमाईमा भरपर्नुपर्ने अवस्था छ । माईत जानका लागि पनि गाडी भाडा समेत श्रीमानसँग लिनुपर्ने बाध्यतामा उनीहरु छन् ।’ महिलाहरुलाई सीपसँग जोडेर आत्मनिर्भर बनाउने आफ्नो लक्ष्य रहेको उनले बताए ।

उद्योग कलकारखनासँगै आँफै व्यवसाय गर्न चाहनेहरुलाई वित्तिय संस्थाहरुमा जोड्ने काम आफुले गर्ने उनले बताए । महिलाहरुलाई आर्थिक रुपमा सशक्त बनाईने चौधरीको अर्को महत्वपूर्ण एजेण्डा छ । उनले भने,‘ मेरो गाउँ टोलका महिलाहरु अहिले पनि श्रीमानको कमाईमा भरपर्नुपर्ने अवस्था छ । माईत जानका लागि पनि गाडी भाडा समेत श्रीमानसँग लिनुपर्ने बाध्यतामा उनीहरु छन् ।’ महिलाहरुलाई सीपसँग जोडेर आत्मनिर्भर बनाउने आफ्नो लक्ष्य रहेको उनले बताए ।

ग्रामिण विकासमा स्नातकोत्तर र अंगे्रजी विषयमा स्नातक गरेका चौधरी २०५१ सालदेखि एमालेमा आबद्ध भएका हुन । तत्कालिन प्रजातान्त्रिक राष्ट्रिय यूवा संघबाट एमालेको राजनीतिमा चौधरी आएका थिए । गाउँ कमिटीसदस्यबाहेक उनले यसलाई नै पेशा बनाउने सोचेका पनि थिएनन् । उनी भन्छन्,‘ सामाजिक क्षेत्रबाट आर्जन गरेको ज्ञान, सीपलाई नीति निर्माण तहमा पुगेर कार्यन्वयन गराउने लक्ष्य सहित यता लागेँ ।’
पारिवारिक राजनीतिक पृष्ठभूमी नभएका चौधरी सामान्य परिवारमा जन्मिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्