विराटनगर टेबल टेनिस क्लबको आयोजनामा विराटनगर- ३ दुर्गा चोकस्थित स्टेलर टेबल टेनिस ट्रेनिङ सेन्टरको कभर्ड हलमा "दोस्रो स्व. देवी बहादुर कट्वाल-कपिल बहादुर पाण्डे स्मृति टेबल टेनिस प्रतियोगीता-२०८१" को पहिलो दिन जुनियर ब्वाइज सिङल्स (कक्षा ८-१०) इभेन्टतर्फको पहिलो क्वार्टरफाइनल खेलमा बुढानिलकण्ठ स्कुलका रुपेश श्रेष्ठले अरनिकोका प्रेम बुढाथोकीलाइ ३-० सेट स्कोरले पराजित गरे ।
दोस्रो क्वार्टर फाइनल खेलमा लिलिपुट स्कुलका पृथक राज राइले डिएभी स्कुलका आधार दाहाललाइ पराजित गरे । तेस्रो क्वार्टर फाइनलमा एभरेष्ट स्कुलका सक्षम बस्नेतले डिएभीका देवम अटललाइ ३-० सेट स्कोरले पराजित गरे । चौथो क्वार्टर फाइनलमा लिलिपुट स्कुलका श्रीजल प्याकुरेलले अरनिकोका बिकास यादवलाई ३-० सेट स्कोरले पराजित गरे। त्यसैगरी सब-जुनियर ब्वाइज सिङल्स (कक्षा ५-७) इभेन्टतर्फको पहिलो क्वार्टर फाइनल खेलमा बुढानिलकण्ठका रिजन पाण्डेले डिएभीका विवान अग्रवाललाइ ३-१ सेट स्कोरले पराजित गरे । दोस्रो क्वार्टर फाइनलमा बुढानिलकण्ठ स्कुलका रोशन रजकले अरनिको स्कुलका बिदर्भ गौतमलाइ ३-० सेट स्कोरले पराजित गरे ।
तेस्रो क्वार्टर फाइनलमा बुढानिलकण्ठ स्कुलका आयान श्रेष्ठले बिकेभिएमका अमुल्य अधिकारीलाइ ३-१ सेट स्कोरले पराजित गरे । चौथो क्वार्टर फाइनलमा बुढानिलकण्ठकै आदर्श राजवंशीले बिकेभिएमका जेनिस साहलाइ ३-० सेट स्कोरले पराजित गरे ।
शुक्रबार दोस्रो दिन जुनियर गर्ल्स सिङल्स (कक्षा ८-१०) र सब जुनियर गर्ल्स (कक्षा ५-७) इभेन्टका साथै फरक क्षमता भएका खेलाडीहरु को स्पेसल टेबल टेनिस इभेन्ट हुने जानकारी बिराटनगर टेबल टेनिस क्लबका अध्यक्ष बिकेन थापाले जानकारी दिए ।