विराटनगर । मोरङ क्षेत्र-५(२) मा नेपाली कांग्रेसका केन्द्रीय सदस्य अमृत अर्याल विजयी भएका छन्।
प्रदेश १ का स्वास्थ्यमन्त्री तथा जसपाका नेता जयराम यादवलाई फराकिलो मत अन्तरले पराजित गर्दै प्रदेशसभा सदस्यमा विजयी भएका हुन्।
आर्यालले १६ हजार १०२ मत ल्याउदा उनका निकटतम प्रतिद्वन्द्वी यादवले १० हजार ८ सय २४ मत ल्याए । तेस्रो भएका राप्रपका राजेश बानियाले ३ हजार २४७ मत ल्याए ।
मोरङ ५(२) मा ३४ हजार ८ सय ४ मत खसेको थियो । जसमा १ हजार ९ सय ९२ मत बदर भएको छ ।
यसअघि मोरङ क्षेत्र-५(१) मा काँग्रेसकै गयानन्द मण्डल निर्वाचित भइसकेका छन् ।