प्रदेशसभा सदस्यतर्फ ५६ सिटमध्ये ३६ को नतिजा, कुन पार्टीका उमेदवार कहाँ विजयी ?

प्रदेशसभा सदस्यतर्फ ५६ सिटमध्ये ३६ को नतिजा, कुन पार्टीका उमेदवार कहाँ विजयी ?

विराटनगर । प्रदेश १ मा प्रदेशसभा सदस्यको ५६ सिटमध्ये अहिलेसम्म ३६ सिटको नतिजा प्राप्त । जसमा एमाले १४, काँग्रेस ११, माओवादी केन्द्र ८, एकीकृत समाजवादी २ र राप्रपा १ विजयी भएका छन् ।

नेपाली काँग्रेसका उमेदवार गोपाल तामाङ झापा क्षेत्र नम्बर १ (१), क्षेत्र नम्बर ३ (१) भूमिप्रसाद राजबंशी, मोरङ क्षेत्र नम्बर ५(१) गयानन्द मण्डल, ५(२) बाट अमृत अर्याल, मोरङ ४ (२) भीम पराजुली, मोरङ ३ (१) मानबहादुर लिम्बू, ओखलढुंगा (१) प्रदिपकुमार सुनुवार, उदयपुर २ (२) रामकुमार खत्री , ताप्लेजुङ (२) खगेनसिंह हाङ्गाम, खोटाङ (२) भुपेन्द्र राई, भोजपुर (२) विनोद वान्तवा रहेका छन् ।

यसैगरी नेकपा एमाले सोलुखुम्बु (२) बुद्धिकुमार राजभण्डारी, मोरङ ४ (१) जयप्रकाश चौधरी , झापा २ (१) एकराज कार्की, झापा २ (२) तिलचन पाठक, झापा ५(१) हिक्मतकुमार कार्की, झापा ५(२) होमबहादुर थापा, इलाम २ (२) रामबहादुर मगर, ताप्लेजुङ (१) तिलकुमार मेन्याङ्बो, खोटाङ (१) पाँचकर्ण राई,  झापा ३ (२) छविलाल चुडाल, धनकुटा (१) निरन राई, धनकुटा (२) इन्द्रमणि पराजुली, तेह्रथुम (१) किशोरचन्द्र दुलाल, मोरङ १ (१) उमकान्त गौतम निर्वाचित भएका छन् ।

नेकपा (माओवादी केन्द्र) ओखलढुंगा (२) बाबुराम गौतम, उदयपुर २ (१) स् नारायणबहादुर मगर, पाँचथर (२) इन्द्रबहादुर आङ्बो, सोलुखुम्बु (१) गोम्बु शेर्पामोरङ ६(१) जीवन आचार्य, संखुवासभा (१) राजेन्द्रकुमार कार्की, तेह्रथुम (२) दुर्गाप्रसाद चापागाई, उदयपुर (२) राजन किराती रहेका छन् ।

यसैगरी नेकपा एकीकृत समाजवादी भोजपुर (१) राजेन्द्रकुमार राई, पाँचथर (१) कमल जबेगु र राप्रपाबाट झापा १(२) सविना बजगाईं निर्वाचित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्