विराटनगर । मोरङको क्षेत्र ४ (२) बाट नेपाली काँग्रेसका केन्द्रीय सदस्य भीम पराजुली प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् । पराजुलीले पूर्व सामाजिक विकासमन्त्री जीवन घिमिरेलाई पराजित गरेका हुन् ।
निर्वाचन कार्यालयले सार्वजनिक अन्तिम मतपरिणाम अनुसार पराजुलीले ११ हजार ७८८ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी प्रदेश १ का पूर्व सामाजिक विकास मन्त्री तथा नेकपा एमालेका नेता घिमिरेले ९ हजार ६ सय ९१ मत ल्याएका छन् ।