कष्टमयार्ड र आईसिपीबीचको खाली जग्गामा रेल र कन्टेनर यार्ड विस्तार प्रक्रिया बढ्यो

कष्टमयार्ड र आईसिपीबीचको खाली जग्गामा रेल र कन्टेनर यार्ड विस्तार प्रक्रिया बढ्यो

विराटनगर । विराटनगर–१८ बुधनगरस्थित रेलवेको नेपाल कष्टम यार्ड विस्तार प्रक्रिया अगाडी बढाइएको छ । नेपाल इन्टरमोडल यातायात विकास समितिले कन्टेनर यार्ड, रेल यार्ड र पहुँच मार्ग निर्माणका लागि बोलपत्र आह्वान गरेको हो ।

नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलका अनुसार कन्टेर र रेल यार्डका लागि ७० करोडको लागत अनुमान गरिएको छ । तत्कालका लागि कष्टमयार्ड र आईसिपी जोड्ने पहुँचमार्ग विस्तारका लागि ६० लाख रुपिँयाको लागत अनुमान गरिएको छ ।

भारतको बथनाहादेखि विराटनगर बुधनगर आईसिपीस्थित नेपाल कष्टम यार्डसम्म कार्गो रेल सञ्चालनमा ल्याउन नेपालले गर्नुपर्ने आवश्यक तयारी सुरु गरिएको हो । कार्यकारी निर्देशक गजुरेलका अनुसार पहिलो चरणमा कार्गोरेल नेपाल कष्टम यार्डसम्म आएपछि कन्टेरलाई मालवहाक सवारीमार्फत आईसिपीको भन्सार यार्डसम्म नापजाँचका लागि ल्याउन भईरहेको करिब दुईसय मिटर सडकलाई स्तरोन्नती गरिने छ । त्यसपछि कष्टमयार्ड र आईसिपीबीचको भागमा रेल यार्ड र कन्टेनर यार्ड निर्माण गरिने छ । यी दुवै प्रक्रियाका लागि गत भदौ १७ गते बोलपत्र आह्वान गरिएको थियो । जसको सम्झौता यहि हप्तामा हुनेछ ।

रेल यार्ड र कन्टेनर यार्डको लागि ठेक्का आह्वान गरिएको छ कार्यकारी निर्देशक गजुरेलले भन्नुभयो–अब प्लाटफर्म विस्तार, आईसिपी भित्रसम्म पहुँच मार्ग र आईसिपी भित्र कन्टेर राख्न यार्डको काम गर्नुपर्नेछ । सम्झौता भएसँगै आगामी डेढ महिना भित्रदेखि काम सुरु गरिने भएको छ ।
मोरङको कटहरीसम्म विस्तार भईरहेको रेलमार्ग, निर्माण हुन अझै समय लाग्ने भएपछि सम्पन्न भईसकेको बुधनगरको नेपाल कष्टमयार्डसम्म कार्गो रेल ल्याउने तयारी समेत भईरहेको छ । त्यसका लागि कन्टेर लिएर आउजाउ गर्ने सडक स्तरोन्नतीलाई पहिलो प्राथमिकतामा राखिएको छ । नेपाल कष्टमयार्ड र आईसिपीबीच दुईसय मिटर दुरीको कालोपत्रे सडक छ, तर त्यो मालवस्तु बोकेर हिड्ने ठूला सवारीको भारवहन थेग्ने अवस्थामा छैन ।

नेपाल कष्टमयार्ड र आईसिपीबीचमा ८७५ मिटर लम्बाई र ३१ मिटर चौडाईको यार्ड पहिलो चरणमा निर्माण हुनेछ । त्यसपछि दोस्रो चरणमा आईसिपी भित्रको खाली जमिनमा थप ४० मिटर चौडाई कन्टेर प्लाटफर्म निर्माण गरिनेछ । त्यसपछि आईसिपी भित्रै ७१ मिटर चौडाईको कन्टेनर प्लाटफर्म हुनेछ ।
रेलमार्गको १८.६ किलोमिटरमध्ये बथनाहा रेल–वे स्टेशनबाट विराटनगरको बुधनगरस्थित नेपाल कष्टम यार्डसम्मको सात किलोमिटर दुरीमा २०७६ कार्तिकमा रेल–वे लिक परीक्षण गरिएको थियो । त्यसपछि बारम्बार रेलमार्ग विस्तार प्रयोजनका लागि आवश्यक सामाग्री बोकेर रेल आईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्