विराटनगर । मोरङको क्षेत्र नम्बर ६ (२) बाट नेपाली काँग्रेसका केदार कार्की पुनःप्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् । एमालेका उमेदवार पर्शुराम बस्नेतलाई एक हजार १७७ मतान्तरले पराजित गर्दै कार्की विजयी भएका हुन् ।
उनले १० हजार ४४६ र बस्नेत ९ हजार २६६ मत प्राप्त गरेका छन् । अघिल्लो निर्वाचनमा समेत कार्की यस क्षेत्रबाट निर्वाचित भएका थिए ।
उनी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री हुन् । निर्वाचित कार्कीलाई प्रतिस्पर्धी बस्नेतले बधाई ज्ञापन गरेका छन् ।मतगणना सम्पन्न भएपनि निर्वाचन अधिकृतको कार्यालयले आधिकारिक घोषणा गरेको छैन ।