अलैंची व्यवसायमा सफल निर्मल

<span class='c1'>अलैंची व्यवसायमा</span> <span class='c2'>सफल निर्मल</span>

विराटनगर । बिर्तामोडका सफल व्यवसायी तथा एभरेष्ट लार्ज कार्डामम इण्डस्ट्रिज प्रा.लि का प्रमुख निर्मल भट्टराईले विराटनगरमा अलैची व्यवसायमा आफ्नो अनुभव सुनाए।विकल्प एन अल्टरनेटिभले सहजसंगको सहकार्यमा आयोजना गरेको ‘उद्यमीका कुरा’ कार्यक्रममा भट्टराइले अलैंची व्यवसाय बारेमा आफ्नो संघर्ष सुनाएका हुन् । कार्यक्रममा उपस्थित १६० जना युवा तथा विभिन्न क्षेत्रका व्यक्तिहरुको माझ आफ्नो जीवनको भोगाइ, संघर्ष तथा व्यवसायिक सफलताको बारेमा अनुभव सुनाएका थिए । नेपाल अलैची व्यवसायी संघको अध्यक्ष समेत रहेका भट्टराइले अलैची खेती तथा व्यवसाय, यसको चुनौती र अवसरका बारेमा प्रष्ट पारेका थिए ।विश्वको‌ ३ देश नेपाल, भारत र भुटानमा मात्र उत्पादन हुने अलैँची खेतीलाई प्रोत्साहन गरेर त्यसलाई तेस्रो मुलुकमा समेत निर्यात गर्न सकिने उनले भनाई थियो । त्यसो गर्न सकिए देशले थप विदेशी मुद्रा भित्रयाउन सक्ने सम्भावना रहेको उनले कार्यक्रममा बताए ।सबैभन्दा बढी अलैँची उत्पादन गरेर पनि तेस्रो मुलुकमा पाइला टेक्न नसकेको अवस्थामाले समस्या पारिरहेको उनको बुझाई छ । नेपाल सरकारसँग भारत बाहेकका‌ अन्य देशहरुमा पनि अलैँची निर्यात गर्नेबारे पहल र बहस भैरहेको उनी बताउछन् । भौगोलिक विकटता र भुपरिवेष्ठित राष्ट्र भएको कारण पनि तेस्रो मुलुकमा अलैँची निर्यात गर्न महंगो रहेको र नेपालको व्यापार सम्बन्धि विदेशी नितीले पनि यसमा असर गरेको कारण सरकारले यस सम्बन्धि विचार गर्नुपर्ने उनको धारणा थियो ।अन्त्यमा युवाहरुलाई केन्द्रित गर्दै सफल उद्यमी बन्न ईच्छाशक्ति मात्र भएर नहुने तर आफुले गर्ने व्यवसाय तथा उद्यम सम्बन्धि जानकारी र अनुभव भएको पनि हुनुपर्ने सुझाव उनले दिए । रहर र कसैको कर अथवा बाध्यताको कारण मात्र उद्यम थालानी गरे त्यसले जोखिम पनि निम्त्याउन सक्ने उउनको जिकिर थियो । नेपालका युवायुवतीहरु यहाँ रोजगार नभएको कारण विदेश पलायन हुनु पर्ने कुरा दुर्भाग्य भएपनि अब नेपालका युवाहरुले यहि सम्भावना खोजि आफ्नो बाँझो खेतहरुलाई उर्बर बनाउन सके नेपालमा नै प्रशस्त आम्दानी गर्न सकिने भट्टराइले कार्यक्रममा बताएका थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्