विराटनगरमा शान्तसँग सकियो मतगणना, मोरङका ४, ५ र ६ मा यस्तो रह्यो परिणाम

<span class='c1'>विराटनगरमा शान्तसँग सकियो मतगणना, मोरङका ४, ५</span> <span class='c2'>र ६ मा यस्तो रह्यो परिणाम</span>

विराटनगर । प्रदेश राजधानी विराटनगरसँग जोडिएका मोरङका तीन निर्वाचन क्षेत्रको अन्तिम मतपरिणाम सार्वजानिक भएको छ । मोरङको ४, ५ र ६ नम्बर निर्वाचन क्षेत्रको मतपरिणाम शुक्रबार सार्वजानिक भएको हो ।

शान्तपूर्वक रुपमा मतगणना सम्पन्न भएको आदर्श स्कूलको गणनास्थलमा तीनवटा क्षेत्रमध्ये गठबन्धनका उमेदवार हावी भएका छन् । मोरङको ६ नम्बर निर्वाचन क्षेत्रको प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यतर्फ एमालेलाई ‘क्लिन स्वीप’ गरेको छ । नेपाली काँग्रेसका नेता डा.शेखर कोइराला ३५ हजार ७३९ मतसहित निर्वाचित हुनु भएको छ । उहाँका निकटम प्रतिद्वन्द्वी एमालेका लालबाबु पण्डितले २१ हजार ३९२ मत प्राप्त गर्नुभयो । २०७४ सालमा यस क्षेत्रमा पण्डित विजयी हुनु भएको थियो ।

क्षेत्र नम्बर ६ अन्तर्गत प्रदेशसभा (१) मा माओवादीका जीवन आचार्य १९ हजार ४५५ मतसहित विजयी हुनुभएको छ । उहाँका निकटम प्रतिद्वन्द्वी एमाले उमेदवार रिता न्यौपानेले १७ हजार ५७७ मत प्राप्त गर्नु भएको छ । यसैगरी प्रदेशसभा ६(२) मा काँग्रेसका केदार कार्कीले १० हजार ४५० मत ल्याएर विजयी बन्दा एमालेका पर्शुराम बस्नेतले ९ हजार २७३ मत प्राप्त गर्नुभयो ।

मोरङको क्षेत्र नम्बर ५ मा प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उमेदवार योगेन्द्र मण्डलले २१ ह्जार ८२० मत प्राप्त गरी विजयी हुनुभयो । उहाँका निकटम प्रतिद्वन्द्वी माओवादी केन्द्रका शिवकुमार मण्डलले १७ हजार ४८६ मत प्राप्त गर्नुभयो । यस क्षेत्रमा संविधानसभा सदस्य दोस्रो र २०७४ को प्रतिनिधिसभा सदस्यमा मण्डल निर्वाचित हुनु भएको थियो । प्रदेशसभा सदस्य (१) मा नेपाली काँग्रेसका गयानन्द मण्डल १४ हजार ८४३ मतसहित निर्वाचित हुनु भएको छ । उहाँका निकटम एमालेका सन्तोष साहले ९ हजार ४०५ मत प्राप्त गर्नुभयो । प्रदेशसभा सदस्य (२) मा नेपाली काँग्रेसका अमृत अर्याल १६ हजार १०२ मतसहित निर्वाचित हुनुभयो । उहाँका निकटम जनता समाजवादी पार्टीका जयराम यादवले १० हजार ८२५ मत प्राप्त गर्नुभयो । अघिल्लो निर्वाचनमा यादव यस क्षेत्रबाट निर्वाचित हुनुभएको थियो ।

मोरङको क्षेत्र नम्बर ४ मा प्रनिनिधिसभा सदस्यतर्फ माओवादी केन्द्रका अमनलाल मोदी विजयी हुनु भएको छ । उहाँले ३० हजार ६१२ मत प्राप्त गर्दा प्रतिस्पर्धी एमालेका बिनोद ढकालले २४ हजार ४६३ मत ल्याउनु भएको छ ।
यस क्षेत्रको प्रदेशसभा (१) मा एमालेका जयप्रकाश चौधरीले १५ हजार ४६४ मत ल्याएर नेपाली काँग्रेसका गुरुराज घिमिरेलाई पराजित गर्नुभयो । घिमिरेले १५ हजार ६० मत प्राप्त गर्नु भएको छ । यसैगरी प्रदेशसभा (२) तर्फ नेपाली काँग्रेसका भीम पराजुली ११ हजार ४७९ मत ल्याएर विजयी हुनु भएको छ । उहाँका प्रतिस्प्रर्धी एमालेका जीवन घिमिरेले ९ हजार ६९१ मत प्राप्त गर्नुभयो । यस क्षेत्रमा २०७४ को निर्वाचनमा घिमिरे विजयी हुनु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्