विराटनगर । मंसिर ४ गते भएको प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा सुरक्षार्थ खटिएका म्यादी प्रहरीहरूको विदाई भएको छ । जिल्ला प्रहरी कार्यालय मोरङले मंसिर ४ गते निर्वाचन लक्षित ४० दिन सम्म खटिएका म्यादी प्रहरीको शुक्रबार एक कार्यक्रम आयोजना गरी विदाई गरेको हो ।
मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी , नेपाली सेना, सशस्त्र प्रहरी , राष्ट्रिय अनुसन्धानका प्रमुख सहित मोरङ प्रहरी प्रमुख एसपी शान्तिराज कोईराला , प्रवक्ता डिएसपी दिपक श्रेष्ठ , ट्राफिक प्रमुख राजकुमार कार्की लगायतको उपस्थित रहेको थियो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी काशिराज दाहालले ४० दिन सम्म खटिएका म्यादी प्रहरीको उच्च मुल्याकंन गर्दै आगामी दिनमा सफलताको कामना व्यक्त गर्नुभयो ।
यसैविच मोरङ प्रहरी प्रमुख एसपी शान्तिराज कोईरालले नेपाल प्रहरीलाई चुनावी समय अवधी भर खटेर डटेर सहयोग गर्ने तमाम म्यादी प्रहरीहरु प्रति सम्मान दर्शाउदै कामको उच्च मुल्याकन गर्नुभएको थियो ।
प्रदेश तथा प्रतिनिधी सभाको निर्वाचनमा मोरङमा ३ हजार ६ सय १५ जना म्यादी प्रहरी खटिएको मोरग प्रवक्ता डिएसपी दिपक श्रेष्ठले जानकारी दिनुभयो । जस मध्ये ८७६ महिला र २ हजार ७ सय ३९ जना पुरुष रहेका थिए ।
तस्वीर ः प्रेम देवान /आवर विराटनगर