मोरङ-२ मा ऋषिकेश पोखरेल निर्वाचित

<span class='c1'>मोरङ-२ मा ऋषिकेश</span> <span class='c2'>पोखरेल निर्वाचित</span>

विराटनगर । मोरङ क्षेत्र - २ मा प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका उम्मेदवार ऋषिकेश पोखरेल निर्वाचित भएका छन् ।
नेपाली कांग्रेस नेतृ सुजता कोइरालालाई पराजित गर्दै पोखरेल निर्वाचित भएका हुन् ।

२०७० सालको संविधानसभा निर्वाचनमा सोही क्षेत्रबाट विजयी भएका पोखरेल यो पटक गिरीजाप्रसाद कोइरालाकी छोरी सुजातालाई पराजित गरेका हुन् । पोखरेल ३३ हजार १ सय ४८ मत ल्याउदा कोइरालाले ३१ हजार ९ सय ४० मत ल्याएकी छन् ।
गिरिजाले यही क्षेत्रबाट लगातार तीन पटक निर्वाचित हुँदै देशको प्रधानमन्त्रीसम्म भएका थिए ।

विद्यार्थी राजनीतिबाट पार्टी राजनीतिमा आएका पाखरेल २०७० को संविधानसभा निर्वाचनमा सभासद निर्वाचित भएका थिए । दोस्रो संविधानसभा निर्वाचनमा उनले नेपाली कांग्रेसका आमोदप्रसाद उपाध्यायलाई पराजित गरेका थिए ।

२०७४ को प्रतिनिधिसभा सदस्यमा भने कांग्रेस उम्मेदवार डाक्टर मिनेन्द्र रिजालसँग पराजित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्