विराटनगर । प्रदेश नम्बर १ को तीनवटा जिल्लाको तीन निर्वाचन क्षेत्रमा मत परिणाम रोचक देखिएको छ ।
ईलाम क्षेत्र नम्बर २, सुनसरी क्षेत्र नम्बर ४ र मोरङ क्षेत्र नम्बर १ मा मत गणना हुँदा देखि अघिपछि हुँदै ग्रता लिँदै आइरहेको एमाले पछिल्लो मत परिणम अनुसार तीनैवटा क्षेत्रमा काँग्रेस थोरै मतान्तरले अगाडी देखिएको छ ।
मोरङ
६ वटा निर्वाचन क्षेत्र रहेको मोरङमा ५ वटा क्षेत्रको मत परिणमको सार्वजनिक भईसकेको छ । भने, क्षेत्र नम्बर १ को मत गणना जारी छ । यो क्षेत्रमा मत गणनाको सुरुवाती चरण देखि एमालेका घनश्याम खतिवडाले अग्रता कायम राख्दै आएका थिए । तर, पछिल्लो मत परिणम अनुसार काँग्रेसका डिगबहादुर लिम्बूले १ सय २ मतको अन्तरले अग्रता लिएका छन् । लिम्बूले २४ हजार २ सय २८ मत ल्याउदा खतिवडाले १४ हजार १ सय २६ मत ल्याएका छन् ।
सुनसरी
सुनसरी क्षेत्र नम्बर ४ मा पूर्वमन्त्री र बहालवालामन्त्री को रोचक प्रतिस्पर्धा चलिरहेको छ । काँग्रेसका संघीय सूचना तथा सञ्चार प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र एमालेका प्रदेश १ का पूर्व उद्योग, वन तथा पर्यटनमन्त्री वीचको प्रतिस्पर्धामा मत गणनाको सुरुवात देखि अघिपछि हुँदै आइरहँदा एमालेका कुसियैतले अग्रता कायम राखेका थिए । तर, पछिल्लो मत परिणम अनुसार काँग्रेसका कार्कीले अग्रता बढाएका छन् । उनले २२ हजार ३४५ मत ल्याउदा एमालेका कुसियैतले २२ हजार १ सय ६९ मत ल्याएका छन् ।
ईलाम
ईलाम क्षेत्र नम्बर २ मा मत गणना देखि कम मतान्तरले अगाडी बढीरहेका एमालेका सुवास चन्द्र नेम्वाङको अग्रतालाई काँग्रेसका डम्बर खड्काले ब्रेक लगाएका छन् । नेम्वाङ काँग्रेसका खड्कासँग १६ मतको अन्तरले पछि परेका छन् । खड्काले २८ हजार ४ सय ८६ मत ल्याउदा नेम्वाङले २८ हजार ४ सय ७० मत ल्याएका छन् ।