विराटनगर । विराटनगर-१९ स्थित खद्रा टोल रिसिदेव बस्तीमा बसोबास गर्दै आएका दुई सय ५० जनालाई शनिबार जाडोबाट बच्नका लागि विद्यार्थीहरुले न्यानो कपडा वितरण गरेका छन् ।
विराटनगर-१९ स्थित खद्रा टोल रिसिदेव बस्तीमा बसोवास गर्दै आएका दुई सय ५० जनालाई शनिबार महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस 'बीएएसडव्लु' पहिलो वर्षमा अध्ययनरत विद्यार्थीहरुले न्यानो कपडा वितरण गरेका हुन् ।
चिसो बढेसँगै रिसिदेव बस्तीमा बसोवास गर्ने मानिसलाई समस्या हुने जानकारी पाएपछि महेन्द्र मोरङ क्याम्पसका विद्यार्थीहरुले सहयोगमा सबै उमेर वर्गका मानिसलाई ज्याकेट, सुइटर न्यानो कपडा वितरण गरिएको हो ।
कार्यक्रममा रिसिदेव बस्तीका उपस्थित मध्ये एकजनाले जाडोको बेलामा न्यानो कपडा वितरण गरेर सहयोग पुर्याएकोमा खुसी व्यक्त गरे ।
न्यानो कपडा वितरणको नेतृत्व 'बीएएसडव्लु' पहिलो वर्षको कक्षाबाट अभय मगर,सोनु शर्मा,मारिया फातिमा,छवी अग्रवाल र वर्षा सिंह ठकुरीले गरेका थिए।