मोरङको जहदामा घाँटी र टाउको काटिएको अवस्थामा फेला परेका पुरुषको उपचारका क्रममा मृत्यु

मोरङको जहदामा घाँटी र टाउको काटिएको अवस्थामा फेला परेका पुरुषको उपचारका क्रममा मृत्यु

विराटनगर । मोरङको जहदा गाउँपालिमा धारिलो हतियारले घाँटी र टाउको काटिएको अवस्थामा फेला परेका एक जना पुरुषको उपचारका क्रममा मृत्यु भएको छ ।

घाँटी र टाउको काटिएको अवस्थामा शनिबार राति फेला परेका जहदा गाउँपालिका–१ भुटाहाका ४२ वर्षीय सन्तोष सरबरियाको उपचारका क्रममा मृत्यु भएको हो ।

उनी शनिबार राति ११:२० बजेतिर आफ्नै घरमा घाइते अवस्थामा भेटिएका थिए । गम्भीर अवस्थाका उनलाई प्रहरीले उद्धार गरेर उपचारका लागि विराटनगरस्थित कोशी अस्पताल ल्याएको थियो । उनी घाँटी र टाउकोमा धारिलो हतियार प्रहार गरिएको तथा बोल्न नसक्ने अवस्थामा घरभित्रै भेटिएका थिए ।

उपचारकै क्रममा आइतबार बिहान १२:२५ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ । हाल घटनाको कारण नखुलेको र अनुसन्धान सुरु गरिएको जानकारी प्रहरीले दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्