सिएनआईले प्रदेश युवा उद्यमी च्याप्टर गठन गर्ने

सिएनआईले प्रदेश युवा उद्यमी च्याप्टर गठन गर्ने

विराटनगर । नेपाल उद्योग परिसंघले युवा उद्यमी च्याप्टरको प्रदेश १ समिति गठन गर्ने भएको छ । केन्द्रमा युवाहरु सम्मिलित च्याप्टर गठन गरेको पाँचवर्षापछि प्रदेश १ मा पहिलो प्रादेशिक युवा उद्यमी संघ गठन गर्ने भएको हो ।

यसको आधिकारिक घोषणा सोमबार विराटनगरमा एक कार्यक्रमको आयोजना गरेर गरिने नेपाल उद्योग परिसंघ युवा उद्यमी च्याप्टरका सह–संयोजक अनमोल प्रधानले जानकारी दिएका छन् ।
आइतबार यस विषयमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा प्रधानले युवाहरुलाई संगठन र व्यवसायको नेतृत्व गर्न परिपक्क बनाउने उद्देश्यले च्याप्टर गठन गर्न लागिएको बताए । उनले पहिलो चरणमा प्रदेशभरका ५० स्टार्टअप उद्यमी–व्यवसायीको उपस्थितिमा च्याप्टरको गठन गरिने भएको छ ।

जसले साना तथा मझौला उद्योगको प्रवर्धन र त्यसको नेतृत्व विकासमा सहयोग गर्नेछ । स्टार्टअपहरुलाई क्रमशः ठूला उद्योगको नेतृत्व गर्ने क्षमता विकास गराउने लक्ष्य राखिएकोले प्रदेशभित्र लगानी संभावनाका क्षेत्रमा आकर्षित गरिनेछ, प्रधानले भने–एकै पटक व्यवस्थापकीय जिम्मेवारी सम्हाल्दा सफल हुनसक्दैनन्, त्यहि भएर संगठनबाट नेतृत्वको विकास गर्दै औद्योगिक व्यवस्थापकीय क्षमता अभिबृद्धि गर्ने लक्ष्य च्याप्टरले लिएको छ ।

नेपाल उद्योग परिसंघले सन् २०१७ जुनमा काठमाण्डौं च्याप्टर गठन गरेको थियो । त्यसले केन्द्रमा प्रभावकारी भूमिका निर्वाह गरिरहेकोले अब प्रदेशस्तरमा समेत निरन्तरतासहितको विस्तार योजना राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्