मोरङ क्षेत्र-६ रास्पाका उम्मेदवार प्रधानको चुनाव खर्च साढे ३ लाख

मोरङ क्षेत्र-६ रास्पाका उम्मेदवार प्रधानको चुनाव खर्च साढे ३ लाख

विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टीका मोरङ सचिब तथा मोरङ क्षेत्र नं. ६ का उम्मेदवार यादव कुमार प्रधानले प्रतिनिधि सभाको निर्वाचनमा साढे ३ लाख रुपैयाँ मात्र खर्च भएको सार्वजानिक गरेका छन् ।

विराटनगर ११ पन्चमुखीचौकस्थित पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरी यस्तो जानकारी गराएका हुन् ।

प्रतिनिधीसभाको निर्वाचनमा इन्धन, चुनाव प्रचारप्रसारलागयतका जम्मा ३ लाख ५० हजार रुपैयाँ मात्र खर्च भएको उनले बताए । आफुले प्रतिनिधीसभाको निर्वाचमा आएको मतको सम्मान गर्ने बताए । ‘मप्रति मोरङ क्षेत्र नम्बर ६ का मतदाताले दिनुभएको मतको सधै सम्मान गर्नेछु,’ उनले भने, ‘यहाँको जनताको सेवामा सधैभरी लागीपर्नेछु । मलाइ मतदान गर्नुहुनुहुने सम्पूर्ण मतदाताहरूप्रति आभारी छु ।’

मोरङ क्षेत्र नं. ६ बाट नेपाली काँग्रेसका उम्मेदवार डा. शेखर कोइराला प्रतिनिधी सभा सदस्यमा निर्वाचित भएका छन् । यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो भएको छ ।

रास्पाका उम्मेदवार प्रधानले ९ हजार १४० मत पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्