विराटनगरको क्युएफएक्समा बालबालिका र वृद्धलाई ‘महापुरुष’ नि:शुल्क

विराटनगरको क्युएफएक्समा बालबालिका र वृद्धलाई ‘महापुरुष’ नि:शुल्क

विराटनगर । विराटनगरको भाटभटेनीमा रहेको ‘क्युएफएक्स’ सिनेमाजले आश्रममा रहेका बालबालिका तथा वृद्धवृद्धा आमाबुबालाई नेपाली सिनेमा ‘महापुरुष ’नि:शुल्क प्रदर्शन गरेको छ ।

विराटनगरको भाटभटेनीमा रहेको ‘क्युएफएक्स’ शाखाको तेस्रो बार्षिक उत्सव पुगेको अवसरमा ‘क्युएफएक्स’ले वृद्धवृद्धा र बालबालिकालाई अतिथीका रुपमा आमन्त्रण गरेर नेपाली फिल्म ‘महापुरुष’ नि:शुल्क प्रदर्शन गरेको हो ।

विराटनगरका सामाजिक अभियान्ता राहुल भट्टराईको सहयोगमा विराटनगर-८ मा रहेको विराटेश्वर वृद्ध आश्रम, मानव सेवा आश्रम र पूर्वान्चल बाल सेवा आश्रमका ४० वृद्धवृद्धा र बालबालिकाहरु महापुरुष फिल्म हेर्न पुगेका थिए ।

परिवारीक कथा वस्तुमा समेटिएको ‘महापुरुष’ फिल्म बुबाआमा र छोराछोरीको सुहाउँदो कथा भएकाले वृद्ध र बाल आश्रमलाई निमन्त्रणा गरेर चलचित्र स्क्रिनिङ गरिएको क्युएफएक्स विराटनगरका म्यानेजर साजन बज्राचार्यले जानकारी दिए ।

‘महापुरुष’ हेर्न पुगेका अधिकास वृद्धवृद्धा र बालबालिकाले आफ्नै कथा जस्तो भएको अनुभव सुनाए । फिल्मले बुबाआमा र छोराहरुको माया दर्शाउने कथा भएकोले पहिलो पटक हलमा पुगेर फिल्म हेर्न पाउदाँ ज्यादै खुशी लागेको उनीहरुले सुनाए ।

मंसिर २९ गते क्युएफएक्स सिनेमाज विराटनगरले आफ्नो तेस्रो वार्षिकोत्सव मनाउँदैछ । वार्षिकोत्सवका अवसरमा सिनेमाजले विभिन्न सामाजिक सेवाका कामसंगै रक्तदान कार्यक्रम आयोजना गर्ने जनाएको छ । ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्