विराटनगरको नोवेल अस्पतालमा डा. शर्माद्धारा ५० शैयाको क्याविन उद्घाटन

विराटनगरको नोवेल अस्पतालमा डा. शर्माद्धारा ५० शैयाको क्याविन उद्घाटन

बेलबारी । मोरङ क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभ सदस्य पदमा निर्वाचित डा. सुनिल शर्माले क्षेत्रबासीको सहुलियतको लागी ५० सैया क्याविन उद्घाटन गरेका छन् ।

नोवेल अस्पतालको तेस्रो तलामा शौचालय बाथरुम सहितको १ कोठामा २ वटा बेड राखेर क्याविनको आइतवार उद्घाटन गरेका हुन् ।

आफ्ना क्षेत्रका जनता बिरामी भएमा यस क्याबिनमा राखेर नि:शुल्क रुपमा उपचार गर्ने उदेश्यले संचालनमा ल्याएको अस्पताल प्रशासनले जानकारी दिएको छ ।

क्याबिनमा आवश्यक दक्ष जनशक्ति आवश्यकता अनुसार परिचालन गर्ने तयारी अवस्थामा रहेको अस्पतालका प्रबन्धक नारायण प्रसाद दाहालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्