प्रदेश १ : मोरङमा एमाले भन्दा काँग्रेस अगाडि

प्रदेश १ : मोरङमा एमाले भन्दा काँग्रेस अगाडि

विराटनगर । २०७४ को प्रतिनिधि र प्रदेशसभा निर्वाचनको मत परिणमलाई फर्किएर हेर्ने हो भने मोरङमा एमालेले प्रतिनिधिसभामा ३ वटा क्षेत्रमा जित हासिल गरेको थियो । भने, प्रदेशमा ४ वटा क्षेत्रमा विजयी हाँसिल गरेको थियो ।

अहिले पछिल्लो एमाले भित्रको फुटको छिटाले यो निर्वाचनमा प्रभाव पारेको छ । अर्थात मोरङमा एमाले अघिल्लो निर्वाचनमा भन्दा यो निर्वाचनमा खुम्चिएको छ । प्रतिनिधिसभाको ४ वटा निर्वाचन क्षेत्र र प्रदेशसभाको १२ वटा निर्वाचन क्षेत्र रहेको मोरङमा प्रतिनिधि र प्रदेशसभा गरी ६ वटा सिट मात्रै एमालेको पोल्टोमा परेको छ ।

एमालेको पार्टी भित्रको आन्तरिक विवाद र गठबन्धनले भने यो निर्वाचनमा नेपाली काँग्रेसलाईइ फाइदा भएको छ । ०७४ को निर्वाचनमा एक्लै चुनावी प्रतिस्पर्धामा होमिएको काँग्रृसले प्रतिनिधिसभामा १ सित र प्रदेशसभामा ५ वटा सिट जित हात पारेको थियो । तर, यो निर्वाचनमा भने प्रतिनिधिसभामा ३ र प्रदेशसभामा ४ वटामा जित हात पारेको छ ।

मओवादी केन्द्रले अघिल्लो निर्वाचनमा २ वोटा प्रतिनिधिसभामा विजयी हासिल गरेको थियो । तर, यो निर्वाचनमा भने एकजना प्रतिनिधिसभामा र घ जना प्रदेशसभा निर्वाचित भएको छ । यता जनता समाजवादी भने मोरङमा शुन्य नै रहेको छ । अघिल्लो निर्वाचनमा जित हात पारेको जसपाले यो निर्वाचनमा भने पराजित हुनुपरेको छ । एमाले विभाजन भएपछि विभाजन पछि बनेको नेकपा एसको एक सिट गुमेको छ । अर्थात मोरङ क्षेत्र नम्बर १ (ख) मा परेको एकिकृत समाजवादीको भाग सुरक्षित राख्न सकेनन् ।

मोरङको कुन क्षेत्रमा कसको जित ?

नेपाली काँग्रेसले प्रतिनिधिसभामा मोरङको तीनवटा क्षेत्र आफ्नो पकेटमा पार्न सफल भएको छ । क्षेत्र नम्बर १, ३ र ६ काँग्रेसले जित निकालेको क्षेत्र हो । यस्तै प्रदेशसभामा ४ वटा क्षेत्रमा जित निकाल्न सफल भएको छ । ३ (१), ५ (२), ४ (१), ४ (२) र ६ (२) काँग्रेसले जितेको क्षेत्र हो ।

एमालेले भने प्रतिनिधिसभामा क्षेत्र नम्बर २ मा जित निकालेको छ । प्रदेशसभामा ४ वटा क्षेत्रमा जित निकाल्न सफल भएको छ । जसमा १ (१), १ (२), २ (२), ३ (२) र ५ (१) एमालले प्रदेशसभामा जितेको क्षेत्र हो ।

यता अघिल्लो निर्वाचनमा सुरक्षित भएको जसपाले यो निर्वाचनमा भने गुमाउनु परेको छ । यता एमालेबाट बिभाजन भएर गएको एकीकृत समाजवादी पार्टीले यो निर्वाचनमा मोरङबाट खाता खोल्न सकेन । मोरङमा प्रदेशतर्फ १२ वटै निर्वाचन क्षत्रेको मत परिणाम सार्वजनिक हुँदा एमालेले ४, काँग्रेसले ४ र माओवादीले २ सिट हात पारेका छन् ।

मोरङमा क-कसले प्रतिनिधिसभामा जित हात पारे ?

मोरङ क्षेत्र नम्बर १ बाट काँग्रेसका डिकबहादुर लिम्बू विजयी भएका छन् । उनले एमालेका घनश्याम खतिवडालाई पराजित गर्दै विजयी भएका हुन् ।"लिम्बूले २७ हजार २ सय ९७ मत ल्याउँदा एमालेका खतिवडाले २६ हजार ८ सय ६७ मत ल्याए ।
मोरङ क्षेत्र नं. २ बाट एमालेका उम्मेदवार ऋषिकेश पोखरेल प्रतिनिधि सभामा विजयी भएका छन् । उनले ३३ हजार १५८ मत ल्याए । उनका प्रतिस्पर्धी काँग्रेसकी सुजता कोइरालाले ३१ हजार ९५० मत पाइन् ।

पूर्व स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई भारी मतान्तरले हराउँदै मोरङको क्षेत्र नं. ३ बाट मेडिकल व्यवसायी तथा नेपाली कांग्रेसका उम्मेदवार डा. सुनिलकुमार शर्मा विजयी भएका छन् । ढकाललाई २२ हजार ७ सय ३६ मत मतान्तरले पछि पार्दै शर्मा प्रतिनिधी सभा सदस्यमा निर्वाचित भएका हुन् । शर्माले ५८ हजार ६३१ मत ल्याएका छन् भने ढकालले २४ हजार ८९४ मत ल्याएका छन् । तेस्रो भएकी रेखा थापाले १० हजार ९८८ मत ल्याएकी छन् ।

मोरङ ४ मा माओवादी केन्द्रका अमनलाल मोदी नेकपा एमालेका नेता विनोद ढकालालई पराजित गरेका हुन् । मोदीले ३० हजार ६१२ मत ल्याए विजयी भएका छन् । उनका प्रतिस्पर्धी एमालेका ढकालले २५ हजार ५६३ मत पाए ।

एमालेबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवार दिएका योगेन्द्र मण्डल जोगीले मोरङ क्षेत्र नं. ५ बाट प्रतिनिधीसभा सदस्यमा निर्वाचित भएका छन् । उनले सत्ता गठबन्धनका साझा उम्मेदवार माओवादी केन्द्रका शिवकुमार मण्डल र जसपाका उम्मेदवार राजकुमार यादवलाई पछि पार्दै जोगी विजयी भएका हुन् । उनले २१ हजार ८२० मत ल्याएर विजयी भए । उनका प्रतिस्पर्धी माओवादीका मण्डलले १७ हजार ५८६ र तेस्रो भएका जसपाका यदावले १७ हजार ३९० मत पाए ।

मोरङ ६ बाट काँग्रेसका नेता डा. शेखर कोइराला निर्वाचित भएका छन् । उनले फराकिलो मअतन्तरले एमालेका नेता लालबावु पण्डितलाई पछि पार्दै प्रतिनिधी सभा सदस्यमा विजयी भएका हुन् । कोइरालाले ३४ हजार २२५ मत ल्याएर विजयी भए । उनका प्रतिस्पर्धी एमालेका पण्डितले २२ हजार ९५६ मत पाए ।

मोरङमा प्रदेशतर्फ १२ वटै निर्वाचन क्षत्रेको मत परिणाम सार्वजनिक भएको छ ।

प्रदेशमा क-कसले जिते ?

मोरङ क्षेत्र नं. १(१)मा एमालेका उमाकान्त गौतम प्रदेशसभामा विजयी भएका छन् । उनले १३ हजार ४३१ मत ल्याएर विजयी भए । उनका प्रतिस्पर्धी २०७५ मा विजयी भएका माओवादी केन्द्रका कुलबहादुर साम्बाले १० हजार ५ मत पाए ।

सोही निर्वाचन क्षत्रेको १(२) मा एमालेकै खड्ग बहादुर बस्नेत विजयी भए । बस्नेतले प्रदेश १ का यातायत तथा संचारमन्त्री तथा एकीकृत समाजवादीका नेता उपेन्द्र घिमिरेलाई पराजित गरेका हुन् । जिल्ला समन्वय समितिको पूर्व सभापति रहेका बस्नेतले १५ हजार ४३९ मत ल्याएर विजयी हुँदा उनका प्रतिस्पर्धी घिमिरेले १३ हजार ८६३ मत पाए ।

मोरङ क्षेत्र नं. २(१) मा माओवादी केन्द्र प्रदेश १ का सचिव गणेश उप्रेती सुशिल प्रदेशसभामा विजयी भएका छन् । उनले १५ हजार ९३३ मत पाए । उनका प्रतिस्पर्धी एमालेका दानबहादुर कार्कीले १५ हजार ६७८ मत ल्याए ।
सोही निर्वाचन क्षत्रेको २ (२) मा एमालेका लिलाबल्भ अधिकारीले १७ हजार ७४२ मत ल्याएर प्रदेशसभामा विजयी भए । उनका प्रतिस्पर्धी काँग्रेसका विनोद कार्कीले १५ हजार ९४२ मत ल्याए ।
मोरङ क्षेत्र नं. ३(१) मा काँग्रेसका मान बहादुर लिम्बू १९ हजार ७५९ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिस्धर्पी दिलिप कुमार राईले १५ हजार ८१७ मत पाए । सोही निर्वाचन क्षत्रेको ३ (२) मा एमालेका ज्ञानेन्द्र सुवेदीले १७ हजार ५२८ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिस्पर्धी एकीकृत समाजवादीका लक्ष्मी कुमार श्रेष्ठले १४ हजार ३४८ मत ल्याए ।
मोरङ क्षेत्र नं. ४ (१) मा एमालेका जयप्रकाश चौधरीले १४ हजार ५६४ मत पाएर विजयी भएका छन् । उनका प्रतिस्पर्धी काँग्रेसका गुरुराज घिमिरले १४ हजार ४१ मत पाए । सोही निर्वाचन क्षेत्रको ४(२) मा विराटनगर महानगरपालिका पुर्व मेयर तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य भीम पराजुली विजयी भएका छन् । पराजुलीले १४ हजार ५६४ मत ल्याएर प्रदेश सभामा विजयी हुँदा उनका प्रतिस्पर्धी प्रदेश १ का पूर्व सामाजिक विकास मन्त्री तथा एमालेका नेता जीवन घिमिरेले ९ हजार ६९९ मत पाए ।

मोरङ क्षेत्र नं. ५(१) मा काँग्रेसका गयानन्द मण्डलले १५ हजार ८५३ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिस्पर्धी एमालेका सन्तोष साहले ९ हजार ५०२ मत ल्याएका छन् ।
सोही निर्वाचन क्षेत्रको ५(२) मा काँग्रेसका केन्द्रीय सदस्य अमृत आर्यालले १६ हजार १ सय २ मत ल्याएर विजयी भएका छन् । उनले प्रदेश १ का स्वास्थ्य मन्त्री जयराम यादवलाई पराजित गरेका हुन् । यादवले १० हजार ८२५ मत पाए । २०७५ को निर्वाचनमा सोही निर्वाचन क्षत्रेबाट यादव विजयी भएका थिए ।

मोरङ क्षेत्र नं. ६(१) मा ओवादी केन्द्रका जीवन आचार्यले १९ हजार ५४५ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिस्पर्धी एमालेकी रीता न्यौपानेले १७ हजार ४७१ मत ल्याएका छन् ।
सोही निर्वाचन क्षेत्रको ६(२) बाट प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्की विजयी भएका छन् । उनले १० हजार ५३१ मत ल्याउदा प्रतिस्पर्धी एमालेका उम्मेदवार कृष्ण बस्नेत (पर्शुराम बस्नेत)ले ९ हजार २४४ मत ल्याएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्