विराटनगर महानगरले फुटपाथमा व्यापार गर्न नदिएको भन्दै व्यापारी आन्दोलीत

<span class='c1'>विराटनगर महानगरले फुटपाथमा व्यापार गर्न</span> <span class='c2'>नदिएको भन्दै व्यापारी आन्दोलीत</span>

विराटनगर । विराटनगर महानगरपालिकाले फुटपाथमा व्यापार गर्न नदिएपछी स्थानीय व्यापारी आन्दोलीत भएका छन्।

फुटपाथमा महानगरले व्यापार गर्न नदिएको भन्दै सोमबार विराटनगरका व्यापारी आन्दोलीत भएका हुन्। व्यापारीहरुले विराटनगर महानगरपालिकाको कार्यालयसमेत घेराउ गरेका छन्।

महानगरले फुटपाथ खाली गर्ने र सडक मापदण्ड मिचेर बनाएका हटरा हटाउने अभियान शुक्रबारदेखि सुरु गरेको छ । महानगरले विराटनगरको मेनरोडबाट अभियानको सुरु गरेको थियो ।

महानगरले गत कात्तिक ३ गते बजार सौन्दर्यकरण, दुर्घटना न्युनीकरण तथा फुटपाथ नियन्त्रणका लागि भन्दै ३५ दिने सूचना सार्वजनिक गरेको थियो । सार्वजनिक सूचना प्रकाशित गर्नुका साथै माइकिङसमेत गरेको थियो ।

व्यापारीले फुटपाथमा सामान राख्न नछाडेपछि महानगरले हटाउन सुरु गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्