विद्यालयस्तरीय तेस्रो विराटनगर बास्केटबल प्रतियोगिता हुने

विद्यालयस्तरीय तेस्रो विराटनगर बास्केटबल प्रतियोगिता हुने

विराटनगर । विराटनगर बास्केटबल एकेडेमीको आयोजनामा विराटनगर बास्केटबल कपको तेस्रो संस्करण हुने भएको छ ।

उक्त प्रतियोगिता मंसिर १९ गते देखि २३ गतेसम्म विराटनगरमा  रहेको कोबास कलेजमा हुने भएको हो।

विद्यालयस्तरीय तेस्रो विराटनगर बास्केटबल प्रतियोगितामा महिला र पुरुष गरी  १२ वटा टिम सहभागी हुने कार्यक्रम संयोजक मुकेश यादवले जानकारी दिए।

पहिलो संस्करणमा विराटनगरको सगरमाथा स्कुल र दोस्रो संस्करणमा इटहरीको विश्व आदर्श स्कुल विजेता रहेको थियो।

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्