भारतले स्टिलजन्य वस्तुको निर्यात शुल्क हटायो, नेपालका उद्योगलाई राहत

भारतले स्टिलजन्य वस्तुको निर्यात शुल्क हटायो, नेपालका उद्योगलाई राहत

विराटनगर । भारतले स्टिलजन्य वस्तु निर्यातमा बढाएको भन्सार शुल्क हटाएको छ । गत ७ जेठमा यस्तो वस्तुको निर्यातमा भारतले १५ प्रतिशत निर्यात शुल्क लगाएको थियो । बढेको १५ प्रतिशत निर्यात शुल्क खारेज गरेर निर्यातमा शून्य भन्सार शुल्क कायम गरिएको हो ।

बढ्दो निर्यातका कारण स्वदेशी बजारमा आइरन र स्टिल्सको मूल्य बढ्न नदिन भारतले कर वृद्धि गरेको थियो । छ महिना कायम यस्तो कर वृद्धिको सरकारी नीतिले निर्यातमा संकुचन आएको भन्दै भारतीय स्टिल उत्पादक कम्पनीहरुले तीव्र विरोध गरेका थिए ।

बढेको भन्सारका बाबजुत नेपालले पछिल्लो ५ चार महिनामा ४२ अर्ब ५१ करोडको फलाम तथा स्टिलजन्य वस्तुहरु आयात भएका छन् । भारतको नीतिले स्टिलको कच्चा पदार्थ आयात गरेर फलाम तथा स्टिलजन्य वस्तु उत्पादन गर्ने कम्पनीलाई फाइदा पुग्नेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्