सार्थक र आरवी भए मिस्टर एण्ड मिस लिटल कोशी

सार्थक र आरवी भए मिस्टर एण्ड मिस लिटल कोशी

विराटनगर । पाँचौँ संस्करणको मिस्टर एण्ड मिस लिटल कोशीको उपाधि विराटनगरकी आरवी खड्का र पथरीका सार्थक भट्टराइले जितेका छन् । आरवीले मिस लिटल कोशी र सार्थकले मिस्टर लिटल कोशीको उपाधि जितेका हुन् ।

जय मिडिया म्यानेजमेन्ट प्रालिको आयोजनामा भएको प्रतियोगिताको फाइनलमा मिस लिटलमा ३० जना र मिस्टर लिटलमा १४ जनाले प्रतिस्पर्धामा भाग लिएका थिए । प्रतियोगिताको अर्गनाइजर च्वाइसको उपाधिमा विराटनगरकी अनिसा राजवंशी र विराटनगरकै केशव झा घोषित भए ।

मिस लिटलफर्तको फस्ट रनरअप सुनसरी इनरुवाकी साक्षी यादव र मिस्टर लिटलतर्फ विराटनगरका रोहित कुमार साह भए । सेकेण्ड रनरअप मिसमा विराटनगरकी प्रतिक्षा श्रेष्ठ र मिस्टरमा आरुष दाहाल घोषित भए । थर्ड रनरअप मिसतर्फ विराटनगरकी स्वच्छ श्रेष्ठ र मिस्टरतर्फ विराटनगरका परिस्कृत आचार्य भए । र्फोथ रनरअप मिसतर्फ इनरुवाकी अन्तरा सुब्बा र मिस्टरतर्फ विराटनगरका अभियान श्रेष्ठ भए ।

मिस पब्लिक च्वाइस, मिस पपुलर र मिस स्मायलको उपाधि विराटनगरकी स्वच्छ श्रेष्ठले जितिन भने मिस पर्सानालिटीको उपाधिमा इनरुवाकी अन्तरा सुब्बा घोषित भइन् । मिस हार्डवर्कीङको उपाधि इनरुवाकी साक्षी यादवले जितिन् । मिस मल्टिमिडियाको उपाधि विराटनगरकी माही भगत, मिस ट्यालेन्टको उपाधि भोजपुरकी कटरीना सुबेदी, मिस फोटोजेनिकको उपाधिमा विराटनगरकी स्वर्निमा भट्टराइ घोषित भइन् । यसैगरी मिस डिसिप्लिन आरवी खड्का, मिस इन्टेलेक्ट प्रतिक्षा श्रेष्ठ, मिस क्याटवाक भोजपुरकी सुवासना श्रेष्ठ, मिस क्यूट कटहरीकी हिमानी राजवंशी, मिस कन्फीडेन्ट विराटनगरकी परी नेवटीया र मिस चार्मीङ इटहरीकी अविज्ञा पोखरेल घोषित भइन् ।

यस्तै मिस्टर पपुलर, मिस्टर ट्यालेन्टको उपाधि पथरीका सार्थक भट्टराइले जिते भने मिस्टर मल्टिमिडिया र मिस्टर फोटोजेनिकको एवार्ड आरुष दाहालले जिते । यसैगरी मिस्टर पब्लिक च्वाइस रोहित कुमार साह, मिस्टर इन्टेलेक्ट अभियान श्रेष्ठ, मिस्टर डिसिप्लिन विराटनगरका आदर्श रौनियार र मिस्टर क्यूट विराटनगरका प्रसुन तामाङ घोषित भए ।

प्रतियोगिताको प्रमुख अतिथि प्रदेश १ का प्रदेश सभा सदस्य भिम पराजुली रहेका थिए । प्रतियोगिताको निणर्ायकहरुमा डाक्टर अंकीता राठी अग्रवाल, मिस कोशी २०२१ का विजेता प्रशिका श्रेष्ठ, पत्रकार तथा सफल ब्यवसायी रोशन घिमिरे, गायक तथा लेक्चरर रोशन राजबंशी रहेका थिए ।
मिस्टर एण्ड मिस लिटल कोशी २०२२ का बिजेताले जनही ३०/३० हजार, प्रमाण पत्र प्राप्त गरेका थिए । फाइनलमा पुगेका ४४ जना प्रतियोगीहरुले प्रमाण पत्र र विभिन्न गिफ्ट ह्याम्परहरू प्राप्त गरेको जय मिडिया म्यानेजमेन्ट प्रालिका अध्यक्ष जय राज रायले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्