असल व्यक्तित्वहरूको पहिचान गर्नमा राज्य चुकिरहेको छ : भीम पराजुली

असल व्यक्तित्वहरूको पहिचान गर्नमा राज्य चुकिरहेको छ : भीम पराजुली

विराटनगर । नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा प्रदेश सभा सदस्य भीम पराजुलीले असल व्यक्तित्वहरूको पहिचान गर्नमा राज्य चुकिरहेको बताएका छन् ।

अबाल बह्मचारी बालागुरू षडानन्द प्रतिष्ठान विराटनगरद्वारा सोमबार आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

देशमा रहेका सामाजिक ,धार्मिक ,शैक्षिक ,विभिन्न ,मुर्दन्य ब्यक्तित्व तथा स्रष्टाहरूलाई राज्यले पहिचान र सम्मान गर्न नसकेको भन्दै उनले त्यस्ता कुराहरुको उठान आफुले गर्ने बताए । भरखरै प्रदेश सभा सदस्यमा निर्वाचित भएको र प्रदेश सरकार निर्माण संगै त्यस्ता व्यक्तित्वको पहिचान र सम्मान गर्ने वातावरण आफुले बनाउने बताए ।

राजनीतिमा उदाएका नयाँ युवा पुस्ता छ, प्रदेश सभा सदस्य पराजुलीले भने “त्यो त्यसै बस्दैन । केही गरौ भन्ने उदेश्यले आएको छ ,सवैले सहयोग गर्नु पर्छ ।” प्रतिष्ठानका अध्यक्ष गायत्रीकुमार चापागाईको अध्यक्षतामा भएको कार्यक्रममा लेखक सुदीप अधिकारीलाई जीवनाथ-रमानाथ-खड्गप्रसाद षडानन्द स्मृति पुरस्कार र समाजसेवी सूर्य बहादुर बस्नेतलाई सम्मान गरिएको थियो ।

यस्तै प्रतिष्ठानले सोमबारनै ११ सदस्य रहेको नयाँ कार्यसमिति चयन गरेको छ । समितिको अध्यक्षमा कोमलकृष्ण अधिकारी,उपाध्यक्ष रमेशकुमार चापागाई,सचिव दिनेश सुवेदी,कोषाध्यक्ष रुपेश बस्नेत र सदस्यहरुमा पुष्पलता कोइराला,सरिता दमन्ता गौतम ,मेनुका कोइराला,मन्जु पौडेल,नारायण पराजुली,घनश्याम पौडेल र दीपक बोगटी रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्