विराटनगरमा भईरहेको क्रिकेट प्रतियोगिता फाइनल चरणमा पुगेपछि रोकियो, होटल र खेलाडीको भाडाको विषय प्रहरीमा छलफल

विराटनगरमा भईरहेको क्रिकेट प्रतियोगिता फाइनल चरणमा पुगेपछि रोकियो, होटल र खेलाडीको भाडाको विषय प्रहरीमा छलफल

विराटनगर । विराटनगर–१९ को बैजनाथपुर क्रिकेट रंगशालामा मङ्सिर ७ गतेदेखि सुरु भएको टी–२० क्रिकेट प्रतियोगिता अन्तिम समयमा आएर स्थगीत गरिएको छ ।

आयोजक लेमिन स्पोटस्ले नेपालका चार र भारतका दुई टिम सहभागी गराएको प्रतियोगिता अन्तिम समयमा प्रायोजकले रकम नदिएको भन्दै रोकिएको हो ।

नेपाल प्रहरी, नेपाल आर्मि र सशस्त्र प्रहरी बल, प्रदेश १ गरी चार नेपाली टोलि थिए । भारतको लखउन र पटनाको दुई टिम समेत सहभागी भएका थिए । गत मङ्सिर ७ गतेदेखि सुरु गरिएको प्रतियोगिता पाँचदिनपछि रोकिएपछि सहभागी खेलाडी, उनीहरुलाई राखिएको होटलको पैसासहितको विषय जटिल बनेको छ ।

खेल एकाएक रोकिएपछि अहिले त्यस विषयमा जिल्ला प्रहरी कार्यालय मोरङमा छलफल भईरहेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक टिकाबहादुर कार्कीले खेलसँग सम्बन्धित व्यवस्थापनको विषय टुङ्ग्याउने विषयमा छलफल भईरहेको जानकारी दिएका छन् ।

खेल प्रायोजनका लागि विदेशी कम्पनीसँग सम्झौता गरिएको थियो । तर, अन्तिम समयमा रकम नदिने बताएपछि आयोजकले खेल नै स्थगीत गर्नुपर्ने अवस्था आएको हो । त्यसले नेपाली टोलिलाई आयोजकप्रतिको विश्वास गुमेपनि भारतबाट बोलाएको टिमका लागि नेपालकै बद्नामी गराएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्