विराटनगरको सौन्दर्यकरण गर्न र आम सर्वसाधरणलाई आवतजावत गर्न सहज बनाउनै महानगर

विराटनगरको सौन्दर्यकरण गर्न र आम सर्वसाधरणलाई आवतजावत गर्न सहज बनाउनै महानगर

प्रेम देवान
विराटनगर । विराटनगरको सौन्दर्यकरण वृद्धि गर्न र आमसर्वसाधारणलाई आवतजावत गर्न सहज बनाउने उद्देश्यका साथ फुटपाथ नियन्त्रणका लागि विराटनगर महानगरपालिका आक्रमक रुपमा प्रस्तुत भएको छ । महानगरपालिकाले फुटपाथ खाली गर्ने र सडक मापदण्ड मिचेर बनाएका हटरा हटाउने अभियान गत शुक्रबारदेखि सुरु गरेको हो । महानगरले विराटनगरको मेनरोडबाट अभियानको सुरु गरिसकेको छ ।
महानगरपालिकाले गत कात्तिक ३ गते बजार सौन्दर्यकरण, दुर्घटना न्युनीकरण तथा फुटपाथ नियन्त्रणका लागि भन्दै ३५ दिने सूचना सार्वजनिक गरेको थियो । सार्वजनिक सूचना प्रकाशित गर्नुका साथै माइकिङसमेत गरेको थियो । व्यापारीले फुटपाथमा सामान राख्न नछाडेपछि महानगरले हटाउन सुरु गरेको हो ।
पसलको सटर बाहिर राखेका किरानाका सामान, टेलिभिजन, फ्रिज, माला, प्लाष्टिकका कुर्सीलगायतका सामान महानगरले हटाएउदै आएको छ । अटेर गर्ने व्यापारीका सामान नियन्त्रणमा लिने गरेको छ । यसरी नियन्त्रणमा लिएका सामान जरिवाना तिराएर मात्रै छाड्ने गरेको महानगरले जनाएको छ ।
यात्रुलाई हिंड्न सहज होस् र बजारको सौन्दर्यतामा वृद्धि होस् भनेर जथाभावी राखेका सामान हटाउन सुरु गरिएको महानगर प्रहरीका प्रमुख राजन पौडेलले बताउनुभयो ।
महानगरले फुटपाथ खाली गरेर बजारको सौन्दर्यकरण बढाउने अभियान सकारात्मक भएको भन्दै व्यापारीहरुले खुसी व्यस्त गरेका छन् भने कोहीले आफुहरुलाई चित्त नबुझेको गुनासो गरेका छन् ।
व्यापारीहरुले महानगरले सबैलाई नियम बराबरी लगाउनुपर्नेमा जोड दिदै सोमबार विराटनगर महानगर अगाडी पुगेर नाराबाजी गरेका थिए ।
विराटनगरको मुख्य व्यापारिक क्षेत्रका पसल बन्द गरेर व्यापारीहरु आन्दोलनमा उत्रिएका थिए । विराटनगर महानगरपालिकाले फुटपाथ खाली गराउन थालेपछि विरोध गर्दै व्यापारीहरु आन्दोलनमा उत्रिएका हुन् ।
आन्दोलनमा आफूहरुले फुटपाथ नमिचेको बताउँदै उनीहरु निर्वाध रुपमा व्यापार गर्ने वातावरण बनाउन माग गरेका छन् ।
यसैविच आन्दोलनमा उत्रिएका व्यापारी र हालका कार्यबहाक विराटनगरका मेयर प्रकाश साह विच छलफल समेत भएको थियो । छलफलबाट सटर भन्दा बाहिर राख्न नपाउने सहमती भएको थियो ।
यसैविच सोमबार बेलुकी पनि पुुरानो गुन्द्री बजारको सडक पेटीमा व्यापार गर्नेहरुलाई मौखिक रुपमा सम्झाउने काम गरेको छ । आमसार्वसाधरण हिड्ने बाटोमा व्यापार गर्ने ठाँउहरुको अनुगमनमा कार्यबहाक मेयर प्रकाश साह, वडा प्रहरी कार्यालयका डिएसपी दिपेन्द्र पञ्जीयार थारु , ट्राफिक प्रहरी, सिडीयो कार्यलयका प्रतिनिधी , महानगरको नगरप्रहरीको टोली ,सञ्चारकर्मीहरुको टोली समेत पुगेको थियो ।
पहिलोपटकका लागि महानगर प्रहरी आफैंले सामान भित्र राख्न सघाउने र फेरि पनि अनुगमनमा जाँदा बाहिर राखेको पाइए नियन्त्रण गर्ने महानगरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्