विराटनगर । १० वर्षदेखि संसदमा गएर देश र जनताको पक्षमा काम गर्ने भगबती चौधरीको सपना पुरा हुने चरणमा छ ।
नेकपा एमालेकी केन्द्रीय सदस्य चौधरीले प्रतिनिधि सभा निर्वाचनमा ऐतिहासिक जित दर्ता गर्ने निश्चित भएको हो ।
सुनसरी निर्वाचन क्षेत्र नं. ३ को जारी मतगणना अनुसार नेपाली कांग्रेसका हेभिवेट उम्मेदवार बिजयकुमार गच्छदारदाई ५५३५ मतान्तरले पछि पारेकी छिन् ।
१० हजार ६ सय ३४ मत गणना हुन बाँकी रहँदा चौधरीले ५५ सय बढीको अग्रता कायम गरेपछि गच्छदार पराजय उन्मुख भएका हुन् ।
निर्वाचन अधिकृतको कार्यालय अनुसार पछिल्लो मत गणनामा भगबती चौधरीले ३६ हजार ९ सय ३६ मत प्राप्त गर्दा गच्छदारले ३० हजार ६ सय १ मत प्राप्त गरेका छन् । तेश्रो स्थानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका कमलबाबु मैनालीले ६ हजार २ सय ६९ मत प्राप्त गरेका छन् ।
अब सुनसरी ३ अन्तरगतको बर्जु गाउँपालिकाको वडा नं. ४, ५ र ६ नं. वडाको मत गणना हुन बाँकी रहेको छ ।
यी वडाहरुमा पनि भगबती चौधरीलाई नै मत आउने अनुमान छ ।