‘नेपथ्य’ ब्याण्ड विराटनगर आउन अब तीन दिन मात्र बाकी

<span class='c1'>‘नेपथ्य’ ब्याण्ड विराटनगर आउन अब</span> <span class='c2'>तीन दिन मात्र बाकी</span>

विराटनगर । फरक शैलीका गीतहरुका कारण छुट्टै स्थान बनाएको नेपालको चर्चित ब्याण्ड ‘नेपथ्य’ विराटनगर आउन अब ३ तीन दिन मात्रै बाकी रहेको छ ।

‘नेपथ्य’ ब्याण्डको लाइभ कन्सर्ट आउँदो मङ्सिर १६ गते विराटनगरको हाटखोला मैदानमा हुने भएको हो ।

बेसहाराका लागि मुलुकका १० सहरमा साङ्गीतिक यात्रा आयोजना गर्न लागिएको छ । विगत १० वर्षदेखि सहयोगापेक्षी सडक आश्रित नागरिकको उद्धार गर्दै आइरहेको मानवसेवा आश्रमले नेपथ्य ब्याण्डसँगको सहकार्यमा आउँदो मङ्सिरमा ‘नेपथ्य लाइभ कन्सर्ट’ गर्न लागेको हो । कार्यक्रमको तयारी तीव्र रुपमा भइरहेको साथै टिकटको विक्री वितरणको कामहरु समेत अहिले धमाधम भईरहेको छ ।

आफ्नो निर्माणाधीन भवन सम्पन्न गर्नुका साथै बेसहाराका लागि आपतकालीन कोष स्थापना गर्ने उद्देश्यले साङ्गीतिक यात्रा कार्यक्रम आयोजना गर्न लागिएको मानव सेवा आश्रम विराटनगरका संयोजक नवराज केसीले जानकारी दिनुभयो ।

उक्त लाइभ कन्सर्ट विराटनगर, वीरगञ्ज, हेटौँडा, चितवन, नेपालगञ्ज, धनगढी, सुर्खेत, बुटवल, पोखरा र काठमाडौँको भृकुटीमण्डपमा आयोजना गरिने उहाँले बताउनुभयो । आश्रमको विराटनगर, सर्लाही, वीरगञ्ज, लमजुङ, बागलुङ, गोरखा, पोखरा, धनगढी, ललितपुर र झापामा भवन निर्माण भइरहेको छ । शाखा रहेका सुर्खेत, भक्तपुर, जनकपुर र नेपालगञ्जमा जग्गा व्यवस्थापन एवं भवन निर्माणको चरणमा छ ।

विसं २०८२ भित्र नेपाललाई सहयोगापेक्षी सडक आश्रित मानवमुक्त राष्ट्र नेपाल निर्माण गरी, घोषणाका लागि पहल भइरहेको छ । हाल आश्रमको संरक्षणमा एक हजार पाँच सय बेसहारा, असहाय, घरपरिवार र समाजबाट परित्यक्त व्यक्ति छन् । नेपथ्य लाइभ कन्सर्ट आउँदो मङ्सिर १६ गते विराटनगरको हाटखोला मैदानबाट सुरू गर्न लागेको हो ।

विराटनगरमा मङ्सिर १६ गते हुने ‘नेपथ्य’ ब्याण्डको लाईभ कन्सर्टको टिकट कहाँ पाइन्छ ?

हाटखोलको खुला मैदानमा हुन लागेको ‘नेपथ्य’ ब्याण्डको लाईभ कन्सर्टको टिकटहरु मानव सेवा आश्रमको कार्यालय विराटनगर , विराटनगरको विग होटल , मेनरोडमा रहेको पुर्वाअञ्चल क्याफे , भाटभटेनी नजिकै रहेको पपुलर रिकन्डीसन लगायत विराटनगरका अन्य होटल तथा रेष्टुरा र सपिङ मलबाट टिकट खरिद गर्न सकिने आयोजकले मानव सेवा आश्रम विराटनगरका संयोजक नवराज केसीले जानकारी दिए ।

अनलाईनबाट टिकट बुकिङ्ग गर्नुहोस् :

खल्तीबाट

इ-सेवाबाट

थुप्रैबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्