धर्म संस्कृतिको रक्षा गर्ने कुरामा कसैसँग सम्झौता गर्दिन : नेता कोइराला

<span class='c1'>धर्म संस्कृतिको रक्षा गर्ने कुरामा कसैसँग</span> <span class='c2'>सम्झौता गर्दिन : नेता कोइराला</span>

विराटनगर । नेपाली कांग्रेसका नेता एवं नवनिर्वाचित प्रतिनिधिसभा सदस्य डा शेखर कोइरालाले धर्म संस्कृतिको रक्षा गर्ने कुरामा आफूले कसैसँग सम्झौता नगर्ने बताउनुभएको छ ।

विराटनगरस्थित लक्ष्मीनारायण मन्दिरमा आज आयोजित कार्यक्रममा उहाँले राज्यले गुरुकूल शिक्षाको उत्थान र विकासका लागि आवश्यक नीति बनाउनुपर्नेमा जोड दिनुभयो ।

भाषा, धर्म, कला र संस्कृति सभ्यताको प्रतीक तथा राष्ट्रका धरोहर भएको डा कोइरालाको धारणा थियो । उहाँले भन्नुभयो, “राष्ट्रका यी धरोहरको संरक्षण तथा सम्वद्र्धन गर्नु राज्यको दायित्व हो, धर्म र संस्कृतिको संरक्षणबारे म संसद्मा खरो रुपमा उत्रिनेछु ।”

नेता कोरालाले सुशासन कायम नभएसम्म मुलुकको विकास नहुने विचार राख्नुभयो । कार्यक्रममा नवनिर्वाचित प्रदेशसभा सदस्यहरु अमृत अर्याल, केदार कार्की, भीम पराजुली, राष्ट्रियसभा सदस्य रमेशजङ रायमाझीलगायतको सहभागिता थियोे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्