विराटनगरका विद्यार्थीहरुलाई लक्षित गर्दै ‘एनवाईइएफ आइडिया कन्टेस्ट २०२२’ कार्यक्रम आयोजना हुने

विराटनगरका विद्यार्थीहरुलाई लक्षित गर्दै ‘एनवाईइएफ आइडिया कन्टेस्ट २०२२’ कार्यक्रम आयोजना हुने

विराटनगर । विराटनगरमा विद्यार्थीहरुलाई लक्षित गर्दै 'एनवाईइएफ आइडिया कन्टेस्ट २०२२' कार्यक्रम आयोजना हुने भएको छ ।

नेपाली युवा उद्यमी मंच, विराटनगर च्यापटरले पत्रकार सम्मेलनको आयोजना गर्दै उद्यमशिलाताको प्रारम्भ विचारबाट हुने अभिप्रायका साथ कलेजमा अध्ययनरत विद्यार्थीहरुलाई लक्षित गरि कार्यक्रमको आयोजना गरिएको जानकारी दिएका हुन् ।

युवाहरूको नयाँ सोच र विचारहरुलाई समावेश गराई व्यवसायीक रुपान्तरणमा सहयोग पुर्याउने उदेश्यका कार्यक्रमको आयोजना गरिएको नेपाली युवा उद्यमी मंच, विराटनगर च्यापटरका अध्यक्ष राघव कोइरालाले बताए । मंसिर १६ गते बाट पहिलो शेसन सुरु हुने जानकारी दिँदै उनले मंसिर २३ गते हुने अन्तिम चरणका लागि पहिलो शेशनमा १२ जना विद्यार्थी छनौट गरिने जानकारी दिए ।

उनका अनुसार कार्यक्रममा आमन्त्रित २५ जना विद्यार्थीलाई समावेश गरिनेछ । सहभागी विद्यार्थीलाई आफ्नो 'आइडिया' राख्न १० मिनेटको समय दिने बताउदै उनले प्रतिस्पर्धामा विजेता हुनेलाई ३१ नगद र प्रमाणपत्र दिने जानकारी दिए ।

उक्त कार्यक्रममा स्विस कन्ट्याक्ट, उद्योगसंगठन मोरङ र आसमान नेपालको सहकार्य रहेको आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्