विराटनगरको सत्यनारायण मा.वि.को सुधारपछि अवकास भए प्रअ खरेल

विराटनगरको सत्यनारायण मा.वि.को सुधारपछि अवकास भए प्रअ खरेल

विराटनगर । शिक्षण पेसामा धेरैले लामो अनुभव सम्हाल्छन् । विज्ञ पनि मानिन्छन् । अनुभव र ज्ञानले भरिएको व्यक्ति क्रमशः सम्बन्धित क्षेत्रमा विज्ञ सावित हुनु स्वभाविक हो ।

विराटनगरस्थित सत्यनारायण माध्यमिक विद्यालयका प्राचार्य धर्मानन्द खरेल बुधबारदेखि सेवा अवकास भएका छन् । शिक्षण पेसामा अनुभवी र शैक्षिक क्षेत्रको सुधारमा उदाहरण बनेर खरेल विदा भएका हुन् ।
२०४८ सालमा स्थायी शिक्षकबाट शिक्षण प्रारम्भ गरेका खरेल झापाको दमक र गौरादहका विद्यालय हुँदै सत्यनारायणमा टेकेको ३६ वर्षपछि उमेर हदका कारण अवकास लिएका छन् । २०६५ सालदेखि सत्यनारायण माध्यमिक विद्यालयको नेतृत्व खरेल आफ्नै काँधमा लिएर अगाडी बढका थिए ।

जसको सकारात्मक सन्देश भनेको सरकारी विद्यालयको सुधारमा प्रध्यानाध्यापकको जिम्मेवारी कति हुनसक्छ भन्ने आजको सत्यनारायण माध्यमिक विद्यालय पुग्दा थाहा हुन्छ । २०६३ सालदेखि कक्षा ११ र १२ को अध्ययनअध्यायन सुरु भईसकेको थियो । त्यसको दुईवर्षपछि २०६५ सालमा प्रअको जिम्मेवारी लिदाँ विद्यालयमा पाँचसय विद्यार्थी थिए ।

२०७९ मङ्सिर १३ गतेसम्म विद्यालयमा एक हजार ८०० विद्यार्थी रहेको अवकास लिएका खरेलले जानकारी दिए । विद्यालयले शैक्षिक सुधार अन्तर्गत कक्षा ६ देखि १२ सम्म अग्रेजी माध्यमको पढाई सञ्चालन गर्दै आएको छ । त्यस बाहेक बिहानी सिफ्टमा नेपाली माध्यम पनि सञ्चालन गर्दै आएको छ । प्राविधिक धार अन्तर्गत इलेक्ट्रोनिक्स इन्जिनियरिङ्गसहित कानुन, म्यानेजेमेन्ट विषयमा कक्षा ११ र १२ मा पढाई हुँदै आएको छ ।

निरन्तर ३६ वर्षको शिक्षण पेसाबाट अवकास पाउँदा विद्यालयको संरचनागत सुधार र शैक्षिक गुणस्तरमा सुधार ल्याउन खरेलको नेतृत्वलाई सम्मान गर्नुपर्ने धेरैको बुझाई छ । सत्यनारायण माध्यमिक विद्यालयलाई विराटनगरकै राम्रो शिक्षा प्रदान गर्ने विद्यालयकोस्तरमा परिणत गरेकै कारण निजी विद्यालय छोडेर त्यहाँ जानेको संख्या वर्षेनी बढ्दै गएको छ ।

खरेलले विद्यालयलाई सुधार गर्ने कुरामा सफल हुनका लागि सबैको साथ र सहयोग पाएको बताएका छन् । विद्यालयका शिक्षक, व्यवस्थापन समिति, विद्यार्थी र अभिभावकले सधैं सकारात्मक सहयोगकै कारण स्तर सुधार गर्न सकिएको खरेलको बुझाई छ । खरेलको अवकाससँगै सत्यनारायण मा.वि.को नेतृत्व पुरुषोत्तम गुरागाँईले पाएका छन् । निमित्त प्रअको जिम्मेवारी पाएका गुरागाँईलाई व्यवस्थापन समितिले प्रअको जिम्मेवारी तोक्नेछ ।विद्यालयका निमित्त प्रअ गुरागाँईले बुधबार एक कार्यक्रमका बीच भव्य सम्मान गर्दै विदाई गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्