विराटनगरमा आज हुने ’नेपथ्य ब्याण्डको लाइभ कन्सर्ट’मा वर्ल्ड्लिङ्कले सबैलाई फ्री वाइफ़ाइ उपलब्ध गराउने

विराटनगरमा आज हुने ’नेपथ्य ब्याण्डको लाइभ कन्सर्ट’मा वर्ल्ड्लिङ्कले सबैलाई फ्री वाइफ़ाइ उपलब्ध गराउने

विराटनगर । विराटनगरको हाटखोलामा आज हुन लागेको मानवताका लागि सांगीतिक यात्रा ‘नेपथ्य’ लाइभ कन्सर्ट अवधिभर नेपालको सबैभन्दा ठुलो इन्टरनेट र नेटवर्क सेवा प्रदायक वर्ल्ड्लिङ्कले कन्सर्ट हेर्न आउने सांगीतप्रेमीहरुलाई फ्री वाइफ़ाइ उपलब्ध गराउने भएको छ।

कन्सर्टमा आउने वर्ल्ड्लिङ्कका ग्राहकहरुको मोबाइलमा वर्ल्ड्लिङ्कको वाइफ़ाइ मोबिलिटी "माईवर्ल्ड्लिङ्क"कनेक्ट छ भने उक्त एसएसआइडी मार्फत आफैँ चल्ने, रजिस्टर नभएको डिभाइस रजिस्टर गर्न सकिने साथै वर्ल्ड्लिङ्कको सेवा नलिनु भएका ग्राहकहरुले "फ्री वर्ल्ड्लिङ्क वाइफ़ाइ" मा मोबाइल नम्बर हालेर रजिस्टर गरि चलाउन सक्ने छन् ।

नेपालभर १४,५०० भन्दा बढि स्थानमा नि:शुल्क वाइफ़ाइ प्रदान गर्दै आएको वर्ल्ड्लिङ्कले विराटनगरमा ३०० भन्दा ज्यादा हट्स्प्ट मार्फत फ्री वाइफ़ाइको सेवा दिदै आएको छ।

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्