विराटनगरमा आज नेपथ्यले गुन्जाउने छ–लोक पप, लोक रक, मैत्री रक धुन

<span class='c1'>विराटनगरमा आज नेपथ्यले गुन्जाउने छ–लोक पप,</span> <span class='c2'>लोक रक, मैत्री रक धुन</span>

विराटनगर । सांगीतिक समूह नेपथ्यले संगीत यात्राको क्रममा आज विराटनगरको हाटखोला मैदानमा गन्जने छ । आज साँझ ४ बजेदेखि ८ बजेसम्म मानवताका लागि सांगीतिक यात्राको सम्पूर्ण तयारी पूरा भएको छ । महिना दिन लामो राष्ट्रव्यापी सांगीतिक यात्राको शुभाम्भ विराटनगरबाट सुरु हुने भएको हो ।

हरेकका मन संगीतले जोड्ने अभियानले जताततै कोरिएका मतान्तरका घेरालाई जोड्ने मान्यता नेपथ्यले राख्दै आएको छ । सिंगो समाज एउटै सुत्रमा गाँस्न संगीत माध्यम बनाउने नेपथ्यको विधा लोक पप, लोक रक, मैत्री रक पर्दछन् । मुलुक सशस्त्र द्वन्द्वमा फँसेको बेला नेपथ्य ब्याण्डले ‘सुन्दर शान्त नेपाल’ र ‘शान्तिको लागि शिक्षा’ जस्ता अभियान चलाएको थियो । त्यो अभियानले भयावह स्थितिमा पनि समाजलाई जोड्न मद्दत गरेको अनुभव गरिएको थियो ।

यो साताबाट सुरु हुने नेपालभरिको यात्रामा सम्पूर्ण दर्शकहरु रातो र चन्द्र सूर्यको झण्डासहित नाच्ने अपेक्षा राखिएको छ । देशको पूर्वी क्षेत्र विराटनगरदेखि सुरु हुने अभियानमा नेपथ्यको आफ्नै लोक–रक धुन सुनाउने योजना छ । ब्याण्डको पहिलो प्रस्तुति शुक्रबार (आज) मंसिर १६ गते विराटनगरमा हुनेछ। त्यसपछि क्रमशः पश्चिमतर्फ लाग्ने नेपथ्य टोलीले अन्तिममा काठमाडौं फर्केपछि पुस १६ गते भृकुटीमण्डपमा प्रस्तुति दिनेछ कार्यक्रम तय गरिएको छ।

मानवताको प्रवर्द्धनका लागि आफूलाई मञ्चहरुमा उभ्याउने अठोट बोकेर यसको नेतृत्व अमृत गुरुङले टोलिलाई देश दौडाहामा सरिक गराउने छन् । नेपथ्यले सडकमा रहेका असहायहरुका निम्ति आश्रय थलो उभ्याउन कन्सर्टकै माध्यमबाट सहयोग जुटाउने लक्ष्य राखेको छ ।
आफ्ना गीतहरुलाई ‘मानवता प्रवर्द्धन अभियान’सँग जोड्नका लागि नेपथ्यले मुलुकभर फैलिएको सामाजिक संस्था ‘मानव सेवा आश्रम’सँग हातेमालो गरेको हो । नेपथ्य ब्याण्ड नेपालको चर्चित ब्याण्ड हो।

लोक भाकाका गीतलाई त्यसको मेलोडी नमारी युवा पुस्ताले रूचाउने किसिमका पप शैलीमा गाउनु यो समुहको विशेषता हो।यसमा अमृत गुरूङ (स्वर) सुरज थापा (किबोर्ड), सुबिन शाक्य (ब्यास), निखिल तुलाधर (ड्रम्स), निरज गुरूङ (गितार), हरि महर्जन (गितार) छन् । यसको मूख्य विधा भनेको लोक पप, लोक रक, मैत्री रक हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्