३५औँ विश्व एड्स दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाइयो

३५औँ विश्व एड्स दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाइयो

विराटनगर । ‘एडस् अन्त्यका लागि समानताको सुनिश्चिता’ मूल नारासहित प्रदेश १ मा ३५ औँ विश्व एड्स दिवस मनाइएको छ ।

डिसेम्बर १ मा विश्वभर मनाइने .विश्व एड्स दिवस प्रदेश १ मा पनि विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको हो ।

प्रदेश १ मा जिल्ला स्वास्थ्य सुनसरी, जिल्ला अस्पताल सुनसरी, धरान उपमहानगरपालिका, इटहरी उपमहानगरपालिका, इनरुवा नगरपालिका, स्वास्थ्य निर्देशनालय घनकुटा प्रदेशको आयोजनामा पनि विभन्न कार्यक्रमको आयोजना गरी मनाइएको आम्दा नेपाल, इटहरी संयोजक राहीत उरावले जानकारी दिए ।

उनका अनुसार स्वास्थ्य कार्यालय इनरुवाबाट जनचेतानामूलक र्‍याली निकाली इनरुवा बजार परिक्रमा गरिएको थियो । भने, एचआइभी संक्रमित व्यक्तिहरुलाई पोषणयुक्त खाद्यन्न वितरण गरिएको लागुऔषधमा फसेका र एचआइभी संक्रमितहरुका लगि कार्ययोजना ल्याउन माग सहित धरानमहानगरपालिलाई ज्ञापनपत्र बुझाइएको प्रदेशका एचआइभी कार्यक्रम संयोजक तारादेवि सुवेदीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्