विराटनगर । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले नेकपा एमालेसँगको चुनावी सहकार्य सकिएको बताएका छन् ।
सप्तरीको प्रतिनिधिसभा क्षेत्र नम्बर– २ मा जनमत पार्टीका उम्मेदवार डाक्टर सिके राउतसँग पराजित भएका जनता समाजवादी पार्टीका अध्यक्ष यादवले आइतबार विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै यस्तो बताएका हुन् ।
उनले अबको सरकारलाई समर्थन गर्ने नगर्ने भन्ने विषयमा निर्णयमा पुगि नसकेको बताए ।
आफूहरुले चुनावमा एमालेसँग केही क्षेत्रमा तालमेल गरेको बताउदै उनले भने " चुनावसँगै सहकार्यको कोर्स सकिएको छ ।’ उनले सरकारमा सहभागिताका सन्दर्भमा पार्टीले देशैभरि एउटै नीति लिने यादवले बताए ।