विराटनगरको किडस भिलेज स्कुलमा फेसन शो कार्यक्रम

<span class='c1'>विराटनगरको किडस भिलेज स्कुलमा</span> <span class='c2'>फेसन शो कार्यक्रम</span>

विराटनगर । विराटनगर ६ स्थित किडस भिलेज स्कुलमा फेसन शो कार्यक्रम सम्पन्न भएको छ।

आइतबार स्कुलमा विभिन्न धर्म, संस्कृति तथा पेशा र व्यवसायसँग सम्बन्धित फेसन शो कार्यक्रम सम्पन्न भएको हो।

उक्त कार्यक्रममा विद्यालयका प्राय: सबै विद्यार्थीहरूले कुनै न कुनै विधामा भाग लिएका थिए।

यस्ता किसिमको कार्यक्रमले समाजमा कुन कुन जाति, धर्म र संस्कृतिका मानिसहरु बसोवास गर्दा रहेछन भन्ने बारेमा विद्यार्थीहरुले सजिलै बुझ्न सक्ने तथा समाजमा कस्ता-कस्ता पेशा र व्यवसायहरू मानिसले अँगालेका रहेछन् भन्ने बारे ज्ञान दिने उद्देश्यले यस कार्यक्रमको आयोजना गरिएको विद्यालयका अध्यक्ष मदन खतिवडाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्