तेस्रो विराटनगर बास्केटबल प्रतियोगिता सुरु,उद्घाटन खेलमा बिकेभिएम स्कुल विजयी

तेस्रो विराटनगर बास्केटबल प्रतियोगिता सुरु,उद्घाटन खेलमा बिकेभिएम स्कुल विजयी

विराटनगर । विराटनगर बास्केटबल एकेडेमीको आयोजनामा विराटनगर बास्केटबल कपको तेस्रो संस्करणको खेल आजदेखि सुरु भएको छ ।

विराटनगरमा रहेको कोबास कलेजको बास्केटबल कोर्डमा आज भएको उद्घाटन खेलमा पुरुषतर्फ सगरमाथा स्कुललाई ३६-१४ अङकले पराजित गर्दै बिकेभिएम स्कुलले विजयी सुरुवात गरेको छ ।

त्यसैगरी महिलातर्फको खेलमा पनि सगरमाथा स्कुललाई ३-४ अङकले पराजित गर्दै महिला र पुरुष तर्फ बिकेभिएम स्कुलले विजयी सुरुवात गरेको हो। पुरुष र महिलातर्फको खेलमा गुनानन्द यादव र प्रशना राउत ‘उत्कृष्ट’ खेलाडी घोषित भएका छन् ।

विद्यालयस्तरीय तेस्रो विराटनगर बास्केटबल प्रतियोगितामा महिला र पुरुष गरी ८ वटा टिम सहभागीता रहेको कार्यक्रम संयोजक मुकेश यादवले जानकारी दिए। बास्केटबल प्रतियोगिताको फाइनल खेल २३ गते हुने संयोजक यादवले बताए।

पहिलो संस्करणमा विराटनगरको सगरमाथा स्कुल र दोस्रो संस्करणमा इटहरीको विश्व आदर्श स्कुल विजेता रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्